☰ open Loading... 26 July 2024|  

रारा क्षेत्रका होटल भरिभराउ
  | ५ कार्तिक २०७३, शुक्रबार ११:४६

रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ ।

rara
जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताए । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताए ।

रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्माले बताए ।

“दिनहुँ २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्,” उनले भने । पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर सुविधा सम्पन्न होटेल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने देखिन्छ ।

विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

रुप फेरीरहने रारा ( फोटोफिचर)