☰ open Loading... 18 October 2024|  

तीन हजार लिटर अवैध मदिरा जफत (फोटोकथा)
  | ५ कार्तिक २०७३, शुक्रबार १४:३४

raksi1

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘क्लिन मदिरा अप्रेशन’ अन्तरगत करिव तीन हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरका विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा घरेलु मदिरा जफत गरेको हो ।

  raksi4

दशैँपछिको दोस्रो ठुलो चाड तिहारमा घरेलु मदिरा उत्पादन र विक्रि वितरण पढेपछि प्रहरीले क्लिन मदिरा अप्रेशन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।

raksi5

उनका अनुसार घरेलु मदिरामा प्रयोग हुने कच्चा पदार्थ दुई हजार पाँच सय लिटर र तयार भएको रक्सी करिव एक हजार लिटर जफत गरिएको छ ।

raksi6

प्रहरीले रक्सी बनाउने भाडा १२ थान, रक्सी राख्न प्रयोग हुने भाडा एक सय थान बरामद गरेको छ ।

raksi10

वीरेन्द्रनगरका नेवारे, ईत्राम, पदमपुर, चिसापानी लगायतका क्षेत्रबाट ठुलो मात्रामा मदिरा र मदिरा बनाउने भाडाहरु जफत गरिएको डिएसपी मल्लको भनाई छ ।

raksi7

यो अभियानलाई सशक्त बनाउन प्रहरीले सादा र पोशाकसहितका प्रहरीहरु परिचालन गरिएको डिएसपी मल्लले जानकारी दिए ।

raksi9

उनले तिहार नजिकीदैँ गर्दा टोल समाजमा होहल्ला, गुडागर्दी तथा अपराधिक क्रियाकलापहरु बढी घरेलु मदिराबाट हुने भएकाले रोक्न यो अप्रेशन थालेको बताए ।

raksi3

 

 

raksi2