☰ open Loading... 20 April 2024|  

गेट निर्माण गर्न ५० हजार संकलन
  | ५ कार्तिक २०७३, शुक्रबार १७:४०

सल्यान र दाङको सिमानामा ‘सल्यान गेट’ अर्थात सल्यान प्रबेशद्वार निर्माण गर्न आर्थिक संकलन अभियान शुरु भएको छ । अभियान अन्र्तगत हाल सम्म ५३ हजार १ सय ५५ रुपैँया आर्थिक संकलन भएको सल्यान दृष्टिकोणका संयोजक धुव्रराज वलीले जानकारी दिए ।

उनका अनुसार आर्थिक सहयोग गर्नेहरुमा ऋृषिकेश जङग शाहले १० हजार, धुर्बराज वलीले १० हजार, पवित्र चन्द सल्यान साउनेपानी हाल मलेसियाबाट ७ हजार ५ सय, रत्न चन्दले ५हजार ५ सय ५५ रुपैँया सहयोग गर्नु भएको छ ।

यस्तै विशाल केसीले ५ हजार १ सय, लोकेन्द्र बुढाले ५ हजार, सर्जन रेउलेले ५ हजार र बिरेन्द्र चलाऊने हाल जापानबाट ५ सहयोग गर्नु भएको छ । नेपाल बाल संगठन सल्यानका अध्यक्ष ऋषिकेश जङ्ग शाह र सल्यान दृष्टिकोणका संयोजक धुव्रराज वली बिच सल्यान र दाङको बिचमा गेट निर्माण गर्ने बारे सहमती भएको थियो ।

सहमती अनुसार रकम संकलनको अभियानलाई अगाडी बढाएको नेपाल बाल संगठन सल्यानका अध्यक्ष ऋषिकेश जङ्ग शाहले जानकारी दिए ।
गेटमा सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने भएको छ । साथै यस अभियानमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिदिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।