☰ open Loading... 18 April 2024|  

सल्यानका स्थानीय बजार फस्टाउँदै
  | ५ कार्तिक २०७३, शुक्रबार १७:४४

सल्यानको उत्तरी पश्चिमी क्षेत्रका विकट मानिएका ठाउँहरुमा सडक सञ्जाल पुगे पछि स्थानीय वजार फस्टाउँदै गएका छन् । स्थानीय वजार आसपासको घडेरीको रुपमा विक्रिवितरण हुने जग्गाको मुल्य समेत आकासीएको छ ।

bazar
बामेको औलवेसि, चाँदेको छापाडाँडा, घाँजरीपिपलको मैदुपोखरा लगाएतका स्थानमा वजार निमार्ण हुने कार्यले तिव्रता पाएको छ । घण्टौ पैदल हिडेर टाढाको वजार पुगि सरसामन किन्न मेल गर्ने स्थानीयहरुका लागि यसले सहजता थपेको स्थानीयको भनाई रहेको छ ।

वजार विस्तारसँगै स्थानीय तहमा वनेका नयाँ वजारहरुमा भने सरसामानको व्यापारिले चर्को मुल्यमा विक्रि गर्ने गरेको स्थानीयको दुखेसो छ । साथै स्थानी स्तरमा कुनै समय दुर्गम मानिएका ती क्षेत्रहरु सडकले छोएसँगै साना जिपहरु चल्न थाले आवत जावतमा सहजता थपिएको छ ।

सामान्य सरसामान किनमेलको लागि टाढा टाढाको वजार धाउन बाट स्थानीयलाई निक्कै सजिलो वनाईदिएको छ । सल्याको पश्चिम क्षेत्रका अधिकांस गाविसका केहि वडाहरुमा समेत कच्ची सडक निमार्ण कार्यलाई प्राथामिकतामा पारिएको छ ।

अन्य विकास भन्दा नागरिकले सडकलाई पहिलो प्राथामिकतामा पार्ने गरीएको भेटिन्छ । सडक सञ्जालसँग सँगै वजार विस्तारले सुविधा वनाए पनि चर्को मुल्यको नागरिकले सामना खेप्नु परेको स्थानीयको दुखेसो रहेको छ ।