☰ open Loading... 24 December 2024|  

पार्टी भित्रको गुट त्यागौं : काँग्रेस नेता सिंह
  | ६ कार्तिक २०७३, शनिबार १७:४६

नेपाली काग्रेस भित्रको गुट उपगुटले पार्टी धरासयी भएको कांगे्रस नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको पार्टी कार्यकता भेटघाट कार्यक्रममा नेता सिंहले पार्टीको नेतृत्वपंक्तीले आफूखुसी चलेकाले यस्तो अवस्था आएको आरोप लगाए ।

parkashman
कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंह ।

नेतृत्वले पार्टी विधिसम्मतभन्दा पनि आफुखुसी सञ्चालन गरेकाले चर्को आलोचना सिंहले गरेका छन् । सभापति शेरबहादुर देउवाले अधिवेशन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि पदाधिकारी मनोनयन गर्न नसकेको आरोप सिंहको छ ।

नेता सिंहले कांग्रेस मुलुककै ठूलो पार्टी भएपनि कांगे्रस मुल मुद्दामा अनिर्णित भएको टिप्पणी गरेका छन् । ‘विधिसम्मत तरिकाले चलाउन नसक्दा यस्तो अवस्था आएको छ ।’ पूर्व महामन्त्रीसमेत रहेका उनले भने,–‘पार्टी भित्रको आन्तरिक गुट उपगुट अन्त्य गर्न पटक–पटक आवाज उठान गरेपनि अहिलेको नेतृत्वले सुनेको छैन् ।’

०७४ माघसम्म तीन तहको निर्वाचन सम्पन्न गर्न सके मात्र संविधान घोषणाले सार्थक पाउने धारणा राखेका सिंहले मधेसका समस्याको समाधानको अगुवाई कांगे्रसले नै गर्नुपर्ने भन्दै त्यसका लागि सभापति देउवाले सक्रियता बढाउनुपर्ने धारणा राखे ।

नेता सिंहले नयाँ संविधान कार्यान्वयन गर्न तीन प्रमुख पार्टी मिल्नुको विकल्प नरहेको बताए । जटिल परिस्थितिमा जारी भएको संविधान कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बताएका काँग्रेस नेता सिंहले मुख्य पार्टी एक ढिक्का हुनु पर्ने धारणा राखे ।

सहकारी तथा गरिवी निवारण मन्त्री एवं कांगे्रस केन्द्रीय सदस्य हृदयराम थानीले गुटबन्दीले पार्टी कमजोर बनेको बताए । उनले पार्टीको भित्रको आन्तरिक गुट अन्त्य गर्न आफूले जुनसुकै मूल्यपनि चुकाउन तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व सञ्चारमन्त्री शिवराज जोशी, हुम्लाकी सांसद रीता शाही, पूर्व जिविस सभापति गोविन्दबहादुर मल्ल, पूर्व पार्टी सभापति डम्मर जिसी, महिला संघकी जिल्ला सभापति पार्वती गिरि, पार्टी सभापति कमलराज रेग्मी लगायतले बोलेका थिए ।