☰ open Loading... 19 April 2024|  

महाअभियोग प्रस्ताव प्रक्रियाबाट टुङ्गीन्छ : काँग्रेस नेता सिंह (भिडियोसहित)
  | ७ कार्तिक २०७३, आईतवार ०८:५७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव प्रक्रिया अनुसारै अघि बढ्ने कांगे्रस नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाल पे्रस युनियन सुर्खेतद्धारा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा नेता सिंहले, ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ । कांगे्रसले ठीक समयमा ठीक निर्णय लिन्छ ।’

parkasman
व्यवस्थापिका–संसदले महाअभियोग सिफारिस समिति गठन गरेकाले त्यसको निर्णयलाई समेत कांगे्रसले पर्खने तर्क सिंहको छ । उनले मेजर पार्टीसंग सल्लाह नगरी माओवादीले एमालेसंग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि कांगे्रस प्रस्तावकै पक्षमा भोटिङ गर्ने निर्णय गर्ने उल्लेख गरे ।

भिडियोमा हेर्नुहोस् ।

कानुनको परिधिभित्र नबस्ने जोकोहीलाई कांगे्रसले संरक्षण नगर्ने बताए सिंहले कार्कीविरुद्धको महाअभियोग प्रक्रिया अघि बढिसकेकाले प्रस्ताव फेल नहुने र प्रक्रिया अनुसार नै टुंगिने उल्लेख गरे ।

कांगे्रस टुंगोमै पु¥याउने पक्षमा छ’ उनले भने । कार्यकर्ता भेटघाटमा प्रदेश नम्बर ६ को भ्रमणका क्रममा सुर्खेत आइपुगेका नेता सिंहले कांगे्रसकै अगुवाईमा संविधान कार्यान्वयन हुने दाबी पनि गरेका छन् ।

‘कांगे्रसकै पालामा नयाँ संविधान जारी भयो । मधेस लगायतका असन्तुष्टिहरुको सम्बोधन गर्न संविधान संशोधनमा पनि हाम्रै पार्टी अग्रसरता लिनेछ सिंहले भने,–‘आन्दोलनरत दल र प्रमुख प्रतिपक्षी दलसंग संवाद गर्न पार्टीले पहल गर्न ढिलाई गर्नेछैन् ।’

यो पनि पढ्नुस् ।

पार्टी भित्रको गुट त्यागौं : काँग्रेस नेता सिंह