☰ open Loading... 24 October 2024|  

माझकाडा खोलामा पुल बन्दै
  | ९ कार्तिक २०७३, मंगलवार ०८:१०

pulसल्यानको माझकाडामा बन्न लागेको पुल निर्माण कार्यले गति लिएको छ ।

पुल निर्माणको लागि दिएको समय सकिनै लाग्दा पुल निर्माण कार्यलाई पनि तिव्रता दिएको हो ।

माझकाडा गाविसको खोलामा पक्की पुल बन्ने भएपछि त्यस क्षेत्रका नागरिक खुशी भएका छन ।

सल्यानको सल्लीबजार हुँदै सल्यान खलंगा सडक खण्डको माझकाडा खोलामा गाडी सन्चालन भएको ६ वर्ष पछी यस खोलामा पक्की पुल बन्न लागेको हो ।

कुल १ करोड ९७ लाखको लागतमा निर्माण भइरहेको पुल केशब शाह जे बि निर्माण सेवाले काम सम्पन्न गर्ने जिम्मा पाएको छ । पुल निर्माण व्यबसायी केशव शाहका अनुसार नाकावन्दीका कारण समयमा काम सम्पन्न गर्न नसकेपनि राज्यले दिइएको समयमा माघ महिनामा सम्पन्न गरी फाल्गुन महिना भित्र सञ्चालनमा आउने छ ।