☰ open Loading... 26 July 2024|  

राकमकर्णालीमा टेलिकमको फोन नलाग्ने सेवा
  | ९ कार्तिक २०७३, मंगलवार १२:४९

जिल्लाको पश्चिमी क्षेत्रमा कर्णाली नदिको किनारमा अवस्थित एक सुन्दर पर्यटकीय गन्तब्यको रुपमा राकम कर्णालीलाई चिनिन्छ । यो क्षेत्रको बीचबाट कर्णाली राजमार्गले आफ्नो बाटोको विस्तार गरेको छ भने मध्यपहाडी राजमार्ग पनि नजिकैबाट अछामतर्फ जोडिएको छ ।

यति मात्र होइन यस क्षेत्रमा आर्थिक केन्द्र पुर्वाधार विकास आयोजना कार्यान्वयनमा आउने तयारी भएको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत जिल्लाको पुर्वी गाविस बेस्तडा पछिको व्यापारी केन्द्र राकम कर्णाली हुने विज्ञहरु बताउँछन् ।

विज्ञहरुले यस्तो बताए पनि राज्यले भने राकम कर्णालीको विकासप्रति कुनै चासो नदेखाएको राकमका स्थानियहरु बताउँछन् । देशैभरि दुर–संचारले ऐतिहासीक फट्को मारेको छ ।

rakamkarnali

तर यस क्षेत्रमा विस्तार त भयो तर प्रतिफल दिनेगरि सञ्चालनमा नआएको गुनासो स्थानीयको छ । राज्यले राकम कर्णाली क्षेत्रमा दुर–संचारको विस्तार नगर्दा अझैपनि त्यस भेगका करिब दर्जन बढी गाविसका स्थानीयहरुले आफ्न्तजनहरु संग टेलिफोन गर्नका कालीकोटको टावरको बाटो हेर्नुपर्ने बाध्यता छ ।

स्थानीय महेन्द्र माझीले भने साथी–भाई इष्ट मित्र र घरबाट बाहिर रहेको आफन्तजनहरुलाई फोन गर्न १ घण्टाको बाटो हिड्नु गुनासो सुनाए । उनले राज्यलाई बारम्बार आफुहरुले घच्घच्याइ रहेपनि कहिल्यै नसुनेको उनको भनाइ छ ।

दैलेखको राकम कर्णालिमा रहेको नेपाल टेलिकमको रिपिटर टावर बनेको करिब ६ बर्ष भएको छ । तर यसमा सुधारको नहुँदा स्थानीयलाई फोन सम्पर्कमा सास्ती खेप्नु परेको छ ।

सुचना र सञ्चारको क्षेत्रमा यस क्षेत्रलाई अघि बढाउँछौ भन्ने नेपाल टेलिकमले गुणस्तरिय सेवा दिन नसक्दा स्थानियहरु फोन सेवाबाट बञ्चित भएका छन् ।

दशै, तिहार लगाएतका चाडबाडका बेला आफ्ना आफन्तजन, घरपरिवार, छरछिमेक लगायतलाई खबर पु¥याउन समेत गाह्रो हुने गरेको गुनासो यस क्षेत्रका नागरिकहरुको छ ।

टावरले दैलेखको राकम कर्णाली, सिहाँसैन, तिलेपाटा, सिंगाौडी र पिपलकोट गाविस तथा अछामका कालिकास्थान, लयाटी, बयाला र रानिबन गाविसमा समेत आफ्नो सेवा बिस्तार गरेको थियो ।

राकम कर्णालीमा अवस्थित नेपाल टेलिकमको टावरले मोबाईलमा टावर दिने तर २० औ पटक फोन गर्दा पनि फोन नलाग्ने, नेटर्वक व्यस्त देखाउने, मोबाईलमा ब्यालेन्स चेक गर्दा ब्यालेन्स समेत चेक नहुने, एसएमएस गर्दा पनि एसएमएस नजाने लगायतका समस्याहरु झेल्नु परेको छ ।

स्थानीय नागरिकले निरन्तररुपमा पटक पटक केन्द्रमा कुरा गर्दा हुन्छ भनेर आस्वासन मात्र दिने गरेका तर समस्या भने ज्यूँ का त्यूँ रहेको स्थानीयको आक्रोश छ ।

केहि समय यता दैलेख र अछामका बिभिन्न गाविसहरुमा एनसेल र स्र्माट सेलले आफ्नो सेवा बिस्तार गरेपछि केहि राहत मिलेको महेन्द्र माझीको भनाई छ ।

नेपाल टेलिकम दैलेख शाखाका प्रमुख कृष्णप्रसाद गौलिले एक टावरबाट अर्को टावरलाई हेर्दा कतैबाट पनि कभर गर्न नसकिएको हुँदा सेटेलाईटमार्फत उक्त टावरलाई चलाईएको जानकारी दिदैं यसैकारण त्यस्तो समस्या आएको बताए ।

उनका अनुसार राकम कर्णाली स्थित बाख्रेकोट बजार भन्दा ५ सय मिटर माथि टावर राख्ने गरी सर्भे भइसकेको र विस्तारै टावर निर्माणकालागि टेण्डर आव्हान गरिएको जानकारी दिए ।