☰ open Loading... 18 October 2024|  

भुमिगत समूहका पाँच जना पक्राउ
  | ९ कार्तिक २०७३, मंगलवार १३:०८

राष्ट्रिय मुलबासी मगोलियन फोर्स नेपालले चलाउदै आएको पाँच जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । विभिन्न भुमिगत गतिबिधिहरुमा सलग्न उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिउरी–८ राम बहादुर बुढामगर, सोही गाविस ९ का चन्द्र बहादुर घर्तिमगर, १ का लोक बहादुर बुढामगर, जोख बहादुर घर्तिमगर र दुजमन घर्तिमगर छन् ।

उनीहरुबाट प्रहरीले भरुवा बन्दुक ८ थान, नाल १ थान, कमब्याड सट ४ थान ,कमब्याड पाइन्ट ५ थान, झन्डा, खुकुरी, बारुद, सिसाको छरा गोली पेट्रोल साथै प्राथमिक उपचारका सामानहरु र सिल्पीङ ब्याग बरामद गरिएको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

पक्राउ परेका राम बहादुर बुढामगरले आफु कमाण्डर भएको स्वीकार गरेको बताइएको छ । पक्राउ परेकाहरुलाई हात हतियार तथा खर खजना सम्बन्धी ऐन २०१९ अनुसार ६ दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

मगरको संस्कृति र भाषालाइ बचाउन अभियान चलाउदै आएको उक्त मगोलिएन फोर्सले भुमिगत रुपमा युद्धसहित क्रान्ति गर्ने तयारी गरिरहेको बुझिएको छ । यो फोर्समा आवद्ध अन्यको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।