☰ open Loading... 3 May 2024|  

विपद्मा उद्धार गर्ने अभ्यास गदै रेडक्रसकर्मी
  | १० कार्तिक २०७३, बुधबार १७:००

एया मरे.. बचाउ ,बचाउ भन्दै कोही कराईरहेका थिए भने कोही घाईते स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लादै थिए । रेडक्रसको चिन्ह अंकित लोगो सहितको पोशाखमा ब्यक्तिगत सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवीहरु घाईतेलाई ओसार्न र प्राथमिक उपचार गर्न ब्यस्त देखिन्थे ।

dsc03308
 विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गदै तालिम प्राप्त स्वयमसेवकहरु : तस्वीर राजेन्द्र कार्की

बाहिरबाट झट्ट हेर्दा जाजरकोट भेरीमालिका १ रिम्नामा ठुलो विपदको घटना घटिरहेको आभास हुन्थ्यो । तर त्यहाँ वास्तविक घटना नभएर नेपाल रेडक्रसको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।

बाढीपहिरो र आगलागीको कृत्रिम घटना बनाएर खोज , उद्धार , प्राथमिक उपचार र आपतकालिन स्वास्थ्थ सम्बन्धी रेडक्रसका तालिम प्राप्त स्वयमसेवीहरुलाई अभ्यास गराईएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटले जनाएको छ । खोज तथा उद्धारक , प्राथमिक उपचारक , स्वास्थ्यकार्यकर्ता तथा घाईतेको भुमिका स्थानिय र रेडक्रसका स्वयमंसेवीहरुले निर्वाह गरेका थिए ।

भेरीमालिका नगरपालिका १ , २ ,३ र ४ नं वडाका २६ जना रेडक्रसको विपद प्रतिकार्य सम्बन्धी लेभल ए लिएका स्वयमसेवकलाई उक्त अभ्यास गराईएको हो । विपदको घटना जतिवेला जहाँपनि हुन सक्ने भएकोले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यासको आयोजना गरिएको आपतकालिन पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका तालिम संयोजक शेखर रेग्मीले बताए ।

आपत विपद परेको बेला खोज तथा उद्धार र प्राथमिक उपचारमा प्रभावकारी तरीकाले काम गर्न सक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

जाजरकोट लगायत मध्यपश्चिमका १५ ओटै जिल्लामा डेनिस रेडक्रसको सहयोगमा यो कार्यक्रम सन् २०१४ देखि संचालनमा छ । विपद् प्रतिकार्य सम्बन्धी लेभल ए , बी र सी गरी मध्यपश्चिममा करीव २ हजार स्थानिय स्वयमसेवकलाई तालिम प्रदान गरिएको तालिम संयोजक रेग्मीले बताए ।

आपत विपदको वेला मानविय सहायता प्रदान गर्न समुदाय स्तरमै तालिम प्राप्त दक्ष जनशक्ति तयार पारिएको नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सनत कुमार कार्कीले बताए । यो कार्याक्रमबाट मध्यपश्चिममा प्रकोपको बेला खटिन सक्ने ठुलो जनशक्ति तयार भएको कार्कीले बताए ।