☰ open Loading... 26 April 2024|  

फुटबलको उपाधी सुनगाभालाई
  | १२ कार्तिक २०७३, शुक्रबार १८:००

ठुलो राशीको पुरस्कार रहेको फुटबल खेलको उपाधी कडा प्रतिष्पर्धात्मक रुपमा सुनगाभा क्लवले पाएको छ । ५ दिनसम्म नारायण क्याम्पसको मैदानमा चलेको खेलको उपाधी सुनगाभाले पाएको हो । सुनगाभासंगै प्रतिष्पर्धा गरिरहेको पुरानो बजारको टिमलाई २ गोल हान्दै सुनगाभाले उपाधी पाएको हो ।

img_7489

त्यस्तै भलिबलमा युवा संघ चुप्राले उपाधी पायो भने जिल्ला प्रहरी कार्यालय दैलेख दोस्रो भएको छ । ब्याटमेन्टनमा पदमराज थापा र चक्र सारुको टिमले प्रथम उपाधी पायो भने भुपेन्द्र खत्री र भोजराज खड्का दोस्रो भयो ।

त्यस्तै टेवुल टेनिसमा योगेन्द शाही प्रथम र मनिष भण्डारीले दोस्रो भए । दैलेखी युथका अध्यक्ष प्रेम शाहीले शान्तपूर्वक सवै खेलहरु सम्पन्न भएको बताए । एक समाहरोहकाविच सवै विजेता खेलाडीहरु मेडल, प्रमाणपत्र र नगद पुरस्कार दिईएको थियो ।

टुडीखेलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा ८० खेलाडीहरुलाई प्रमाणपत्र, मेडल दिईएको थियो । विजेता सवै खेलाडीलाई १ लाख ७० हजार नगद दिईएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेडल, कप र पुरस्कारमा २ लाख २० हजार खर्च भएको छ । खेल महोत्सवमा जिल्लाभरबाट खेलाडी सहभागी भएका थिए ।

तृतीय दैलेखी यूथ कप खेल महोत्सवमा जिल्लाभरबाट चार खेलमा ६ सय खेलाडी सहभागी रहेका थिए । खेल महोत्सव प्रत्येक वर्षको दशंैतिहारविचमा गरिन्छ ।