☰ open Loading... 20 April 2024|  

भाई टिका लगाउन एम्वुलेन्समै सरर
  | १७ कार्तिक २०७३, बुधबार ०८:३९

 

एम्वुलेन्सको दुरुप्रयोग
तिहारमा टिका लगाउन एम्वुलेन्सको प्रगोग गरिएको पाईएको छ । आकस्मिक रुपमा विरामीलाई अस्पताल पुराउन प्रयोग हुने एम्वुलेन्स दैलेखमा यात्रुहरु बोक्ने गरेको हो ।

yambuesha
भाई टिका लगाउन ब्यक्तिगत प्रयोजनका लागि एम्वुलेन्स प्रयोग गरेर हिडेका । तस्विर ः राजेश हमाल पश्चिम नेपाल डटकम

श्री शुभ कामना बहुउद्देश्यीय सहकारी संस्था लि.बाट सञ्चालित एम्वुलेन्सले भाई टिका लगाउन र फर्किन आफन्तहरुलाई बोक्ने गरेको छ । विरामी बोक्न प्रयोग हुने एम्वुलेन्स तिहारको दिन टिका लगाउनका लागि आफन्तहरुले प्रयोग गरेको पाईएको हो ।
एम्वुलेन्स भरी टनाटन भाई टिका लगाएर फर्किनेहरुको भिड् थियो । माथिल्लो डुगेश्वरमा आईपुगेको एम्वुलेन्समा टिका लगाएर फर्कनेहरुले भरिभराउ रहेको छ । संस्थागत रुपमा चलाउन एम्वुलेन्स ल्याईएपनि ब्यक्तिगत प्रयोजनका चलाईएपछि जिल्लामा विरोध समेत गरिएको छ । जिल्लामा विरामीले एम्वुलेन्स सेवा नपाएर महगो शुल्क तिरेर निजि जिपमा अस्पतालसम्म उपचारका लागि आउनुपर्ने बाध्यता रहेको छ ।