☰ open Loading... 3 May 2024|  

सिटामोल खान तीन घण्टा हिड्नु पर्ने बाध्यता
  | १९ कार्तिक २०७३, शुक्रबार १२:५९

दैलेखको रानीवन९ स्थित गिताचौरमा  स्वास्थ्य चौकी नहुदा यहाँका स्थानीयबासीलाई निकै सास्ती हुने गरेको छ । गिताचौर स्वाथ्य चौकी रानीवनलाई ईलाकाको केन्द्र पायक पर्ने ठाउँ गैंडावाज सारीदा यहाँका बासीन्दा टाउको दुखेमा सिटामोल खान ३ घण्टा हिडेर स्वाथ्य चौकी बाँसीमा जानु पर्ने बाध्यता भएको  हो ।

1
गाउँमा स्वाथ्यचौकी नहुँदा विरामी बोकेर बाँसी उपचार गर्न जादै गिताचौरका स्थानीय नागरिक । तस्वीर सुवर्ण शाही ।

गाँउमा स्थापना भएको स्वाथ्य चौकी गैडाबाज सारेको १३ बर्ष भयो जति जना विरामी हुन्छन बोकेर उपचारको लागी बासी गाविस वडान ४ मा रहेको प्रईभेट मेडीकलमा उपचार गर्ने गरेको स्थानीय विर बहादुर शाहीले बताए ।

गाउँमा सामान्य टाउको दुख्ने, ज्वारो आउने, दात दुख्ने निमोनीय, टाईफाईट प्रशुति गराउन र जुनसुकै दुखी विरामी हुँदा बोकेर बाहिर उपचार गर्न जानु परेको स्थानीय भिम बहादुर सिहंको भनाई छ ।

राजनैतिक दलका नेताको बेवास्था र गाउँमा नेतृत्व गर्ने मानिस नहुदा विकट गाविस भएकाले गाविसमा अवस्थीत स्वास्थ्य चौकी जान ४ घण्टाको बाटो उकालो हिडनु पर्ने भएकाले अर्को गाविस मा रहेको निजी मेडिकमा उपचार गराउदै आएको राम बहादुर शाहीले बताए । ‘जति विरामी हुन्छन आफैै बोकेर पु¥याउछु विरामी लगेर जादा जादा डक्टर संग पनि राम्रै सम्बन्ध भएको छ,’ उनले भने ।

स्वास्थ्य ईकाईको माग गर्न समिति गठन

यसैविच, दैलेखको रानीवन ९ स्थित गिताचौरमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापनाको माग गरिएको छ । रानीवनका ९ र ८ वडाका स्थानीयहरुले उक्त स्थानमा सामुदायिक स्वास्थ्य केन्द्रको माग गरेको हुन ।

दुई वडाका स्थानीयहरु नजिकै र पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाको पहँुच नभएकोले र रानीवनका तीन वडाका मानिसहरुलाई पायक पर्ने हुँदा स्वास्थ्य केन्द्रको माग गरिएको हो ।

स्थानीयहरुको भेलाले सामुदायिक स्वास्थ्य केन्द्रको व्यववस्थापनका लागि भेलाले सुवर्ण शाहीको अध्यक्षतामा १५ सदस्य सामुदायिक स्वास्थ्य इकाई केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा डम्बर शाही, सचिव टिकादेबी शिहं, कोषाध्यक्षमा हर्क बहादुर शाही, सह सचिवमा कलम बहादुर सिहं । त्यस्तै सदस्यहरुमा कालु सिहं, विर बहादुर शाही, पुर्ण बहादुर शाही, धन बहादुर सिहं, जय बहादुर सिहं, डिले नेपाली, विष्णु रावल, मन्जु रावल, देव बहादुर शाही र धन शाही रहेका छन ।

समिति जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा सामुदायिक स्वास्थ्य इकाईकेन्द्र स्थापनाका लागि पत्र बुझाएको अध्यक्ष शाहीले बताए । उनले भने–“हामी तिन वडाका २५ सय भन्दा धेरै स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा छौ, त्यसैले इकाईको माग गरेका हौ ।’ विरामी हुँदा कित बाँसी आउनु पर्ने कि त भने डाँडीमाडी जानु पर्ने समस्याले बृद्धबृद्धालाई असहज भएको शाहीको भनाई छ ।