☰ open Loading... 20 April 2024|  

भारतका राष्ट्रपति मुखर्जी जनकपुरमा
  | १९ कार्तिक २०७३, शुक्रबार १३:०७

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर आइपुगेका छन् ।

काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाइँले स्वागत गरेका थिए ।

राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै, उनको सम्मानमा जनकपुरवासीद्वारा प्रदान गरिने नागरिक अभिनन्दन ग्रहणसमेत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आएका हुन् । भारतीय राष्ट्रपति आज नै पोखरा जाने कार्यक्रम छ ।