☰ open Loading... 21 May 2024|  

बन्द रहेको एक्सेर सेवा शुरु
  | २० कार्तिक २०७३, शनिबार ०८:०८

जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए ।

झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो । एक्सरे सेवा सुचारु भएपछि सो सेवाका लिनका लागि सीमावर्ती भारतको पिथौरागढ र अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।