☰ open Loading... 2 May 2024|  

पत्रकार महासंघ दाङले थाल्यो शुद्धिकरण अभियान
  | २० कार्तिक २०७३, शनिबार १७:४६

नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुमा शुद्धिकरणको अभियान सुरु गरेको छ । कुनै समयमा पत्रकार रहेका तर पछिल्लो सयममा निष्कृय र अन्य पेशामा आबद्ध भएका करिब २० जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

fnj-new-jpg

पत्रकारीतामा निष्कृय रहेका र सरकारी जागिर तथा अन्य संस्थामा आबद्ध भएका २० जनालाई पहिलो चरणमा महासंघको सदस्यबाट हटाइएको हो । पत्रकार महासंघ दाङको कार्य समिति, केन्द्रिय सदस्य, पूर्ब केन्द्रिय पदाधिकारी र पूर्ब अध्यक्षहरु सहितको बैठकले शुद्धिकरण अभियान अन्तरगत उनिहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघलाई बिशुद्ध समाचार लेख्ने पत्रकारहरुको संस्था बनाउन शुद्धिकरणको अभियानलाई जारी राख्ने निर्णय समेत गरेको छ । साथै निष्कृय रहेकाहरुलाई सकृय बन्न र पत्रकारीता छाडेर अन्य पेशामा लागि सकेकालाई पनि सदस्यता त्याग्न महासंघले आग्रह गरेको छ ।

यसैबिच महासंघको सदस्यता नबिकरणका लागि आगामी पुस १५ गते सम्मका लागि समय दिइएको छ । सो अबधी सम्म नबिकरण नगर्नेहरु महासंघको अधिबेशनमा सहभागि हुन पाउने र्छैन । साथै नयाँ सदस्यताका लागि महासंघ दाङले ४१ जना पत्रकारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।