☰ open Loading... 16 September 2024|  

बैतडीमा दश स्थानीय तह
  | २१ कार्तिक २०७३, आईतवार ०८:५७

बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ । यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिए ।

baitadi

शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएको छ भने मेलौली गाउँपालिकालाई नगरपालिकाको रुपमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी इलाका नं ११ मा रहेका गाविस तल्लादेही, कटौजपानी, मठैराज, रिम र विजयपुरलाई ११औँ तहका रुपमा सिफारिस गर्ने र अन्तिम टुङ्गो आयोगले नै लगाउने कार्यक्रम अधिकृत अवस्थीले जानकारी दिए ।

असहमति भएका ठाउँका मागलाई अलग्गै प्रतिवेदनका रुपमा बुझाउने र स्थानीय तहको खाका भने १० वटाको नै बुझाउने उनले बताए ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तह प्रस्ताव गरेको छ । जसमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, चमेलिया÷डिलासैनी गाउँपालिका, दोगडा–केदार गाउँपालिका, सुनर्या÷पातालभूमेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् ।