☰ open Loading... 7 September 2024|  

कैलालीमा धान उत्पादन बढ्ने
  | २१ कार्तिक २०७३, आईतवार १२:३८

यस वर्ष कैलालीमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएको र मौसमले समेत साथ दिएकाले यो वर्ष विगतका वर्षहरुमाभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।

गत वर्ष भन्दा किसानहरुले यस वर्ष अनुकूल मौसममै धान रोप्न पाएको र समयमै पानी परेकाले धान उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत युवराज पाण्डेले जनाकारी दिए ।

उनले किसानले कलिलै बेर्ना रोप्न पाउनु, प्राकृतिक प्रकोप र रोगकिरा जस्ता समस्या नदेखिनुले वर्षे धानको उत्पादन सम्भावना बढेको बताए ।

जिल्लामा धान खेती गर्ने भू–भाग नबढ्ने गरेको भएपनि विभिन्न कृषि कार्यक्रमको सहयोगमा धान उत्पादन बढ्न सक्ने बरिष्ट कृषि विकास अधिकृत पाण्डयेले बताए ।

बिचमा लामो समयसम्म पानी नपरेको बेला धान उत्पादन घट्छकी भन्ने आशंका लागेपनि पछि पानी परेपछि धानमा रामै्र बाला लागेको उनको भनाई छ ।

करिब ७२ हजार हेक्टर जमिनमा धान खेती हुने कैलालीमा गत गर्ष ३ लाख मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष यो परिमाण भन्दा पनि बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको बरिष्ठ कृषि विकास अधिकृत पाण्डे बताउँछन् ।

कैलालीमा धानको उत्पादन बढाउनका गत वर्षदेखि बृहत्तर धान उत्पादन कार्यक्रम लागू गरिएकाले धान उत्पादन बढ्ने सम्भावना धेरै भएको उनको भनाई छ ।

बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले किसानहरुका लागि उन्नत जातको विउ वितरण गरेको थियो । गुणस्तरीय विउ लगाइदिए मात्रै धान उत्पादनमा २० देखि ३० प्रतिशत बृद्धि हुने गरेको बरिष्ट कृषि विकास अधिकृत पाण्डेले बताए ।

जमिनलाई बढाउन नसकिएपनि बढ्दो जनसंख्या र परिवर्तित समयसंगै खाद्य उत्पादन बढाउन विभिन्न किसिमका कृषि कार्यक्रम र प्रविधिहरुको प्रयोग बढिरहेको उनले उल्लेख गरे । किसानले अहिलेसम्म ९० प्रतिशत धान भित्र्याइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्तिकको दोस्रो सातासम्म आइपुग्दा करिब १० प्रतिशत भन्दा धान मात्रै धान भित्र्याउन बाँकी रहेको भन्दै किसानहरुले एक डेढ हप्ता भित्रै सतप्रतिशत धान भित्र्याइसक्ने बताए । ढिलो पाक्ने धान लगाएका किसानहरुको मात्रै धान भित्र्याउन बाँकी छ ।