☰ open Loading... 26 July 2024|  

सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा
  | २१ कार्तिक २०७३, आईतवार १२:४६

डडेल्धुरामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी अन्तिम अवस्थामा पुगेको छ । यही कार्तिक महिनाको २६ गतेबाट सुरु गर्ने भनिएको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको डडेल्धुरा उद्योग बाणिज्य संघले जनाएको छ ।

file-photos
फायल फोटो ।

आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले पनि पूर्ण तयारी भई नसकेको र तयारीकै चरणमा रहेको जनाएको छ ।  संघका अध्यक्ष खेमराज पनेरुले तोकिएकैं मितिमा महोत्सव आयोजनाका लागि तयारी भईरहेको र तयारी नपुगेमा समय थप हुन सक्ने बताए । संघकै महासचिव द्धिजराज भट्टले पनि पूर्ण तयारी भईनसकेको र तयारीकै चरणमा रहेको बताएका छन् ।

डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष पनेरुले आउँदो १८ गते महोत्सव आयोजनाका बिषयमा छलफल हुने र त्यसपछि मात्रै समयमै महोत्सव हुने अथवा समय थप्ने बारेमा भन्न सकिने जानकारी दिए ।

लघु–उद्यम, कृषि, पर्यटन, जडिबुटि, जलबिद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनीका लागि कात्तिक २६ गते देखी मंसिर ६ गते सम्म दोस्रो सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ आयोजना गर्न लागिएको हो ।

महोत्सवको आकर्षणको रुपमा स्थानिय कला, संस्कृति, भेषभूषा एवम खानपानको प्रदर्शनी, राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम, स्थायिन उद्यमीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, खुल्ला देउडा प्रतियोगिता, प्याराग्लाईडिङ, कृषिजन्य उत्पादन तथा जडिबुटिको प्रदर्शनी, हेलिक्रप्टरद्धारा रमणीय स्थलको अवलोकन, स्वास्थ्य शिविर लगायतका बिषयबस्तुहरु राखिएको छ ।

महोत्सवको प्रदर्शनी स्थलमा कृषि बस्तु, अटोमोबाईल्स, सूचना प्रविधी, जटिबुटि, स्थानिय खाद्य परिकार, फोटो प्रदर्शनीलगायतका दुई सय देखी अढाई सय सम्म बिभिन्न स्टलहरु राखिने डडेल्धुरा उद्योग बाणिज्य संघले यस अघि नै जानकारी गराई सकेको छ ।

महोत्सवबाट अनुमानित ३५ लाख ५० हजार सम्मको खर्च तथा त्यत्तिनै आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ ।