☰ open Loading... 18 October 2024|  

सल्यानमा स्थानीय निकायको सिमांकन भएन
  | २१ कार्तिक २०७३, आईतवार १७:२४

स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सल्यानको बैठक बिना निष्र्कष टुङगीएको छ । चार दिनदेखी सदुमुकाम खलंगामा जारी बैठक आईतबार ठोस निर्णयमा पुग्न नसकेर सकिएको हो ।

यसअघि समितिले सल्यानमा तीनवटा नगरपालिका र सातवटा गाउँपालिका सहित १० वटा स्थानीय निकाय बनाउन प्रस्ताव गरेको थियो । समितिले गरेको प्रस्तावका आधारमा विभिन्न इलाका स्तरमा सर्वपक्षीय छलफल समेत सञ्चालन गरिएको थियो ।

इलाका स्तर बाट आएका सुझावहरुलाई आधार मानी स्थानीय तहलाई अन्तिम रुप दिने भन्दै चार दिनदेखि जारी बैठक बिना निष्र्कष टुङगीएको स्थानिय तह पुनर्संरचना प्राबिधिक सहयोग समिति सल्यानका सदस्य सचिब तथा जिबिस सल्यानका सुचना अधिकृत पुर्ण ओलीले जानकारी दिए ।

समितिको बैठक चलि रहँदा आ–आफनो पायक पर्ने ठाउँमा गाउँपालिका र नगरपालिकाको केन्द्र तोकिनुपर्ने दबाब जनस्तरबाट आएपछि अन्तिम निर्णयमा पुग्न सकेन् ।