☰ open Loading... 23 November 2024|  

यो हो दुनियाकै महँगो तरकारी, किलोको ५० हजार रुपैयाँ
  | २३ कार्तिक २०७३, मंगलवार १४:३७

तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला ।

gucchi-mosrum

 

दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी हो, गुच्छी च्याउ ।

नेपालका समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ ।खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ ।

भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गणले युक्त छ ।

भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।