☰ open Loading... 28 February 2024|  

नेपालका ओली र अमेरिकाका ट्रम्प उस्तै, यस्ता छन् समानता !
  | २४ कार्तिक २०७३, बुधबार १४:२२

अमेरिकामा डोनाल्ड ट्रम्पको राजनीतिक उदय आकस्मिकरुपमा भयो । कहिल्यै राजनीति नगरेका अर्बपति डोनाल्डलाई रिपब्लिकन पार्टीले उम्मेदवार बनाउँदा धेरै चकित भए । तर, धेरैलाई चकित तुल्याउने त्यही अप्रत्याशित निर्णय नै अन्त्यमा चमत्कारिक साबित भएको छ ।

नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक विरासत फरक छ तर यि दुईको शैली धेरै हिसावमा तुलनायोग्य देखिन्छ ।

trumpvsoli

१४ बर्ष जेलजीवन बिताएका ओली र कहिल्यै राजनीति नगरेका व्यापारी ट्रम्पबीचको राजनीतिक समानता भनेको ‘एन्टीकरेन्ट पोलिटिक्स्’ हो । आप्रवासीका विषयमा कडा सुनिन्छन् ट्रम्प ।

प्रतिष्पर्धी हिलारीले अमेरिकालाई सबैको स्वर्णभूमी भनेर गरेको परिभाषालाई ट्रम्पले इन्कार गरिदिए । मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउनेदेखि गैरकानूनीरुपमा बस्दै आएका आप्रवासीलाई फिर्ता पठाउने लगायतका विषयले उनको छबी आक्रामक र विवादस्पद बनायो ।

इस्लाम समुदायका लागि उनी चुनावी मैदानमा सदैव कडा सुनिए । उनलाई धेरैले सन्काहाको अभिव्यक्ति दिए । दुनियाँले हार्ने आँकलन गरे पनि ट्रम्प विश्वको शक्तिशाली राष्ट्रपति बन्न सफल भए ।

ओलीले ‘सम्म जमिन जति सबै मधेश भए पहाडको मेरो आँगन पनि मधेश ।’ १४ बर्ष जेलजीवन बिताएका ओली र कहिल्यै राजनीति नगरेका व्यापारी ट्रम्पबीचको राजनीतिक समानता भनेको ‘एन्टीकरेन्ट पोलिटिक्स्’ हो । आप्रवासीका विषयमा कडा सुनिन्छन् ट्रम्प

ओलीले पनि नेपालमा एन्टी करेन्ट्स पोलिटिक्स गरिरहेका छन् । जातिय पहिचानको भेल लागेको बेला उनले ‘के को पहिचान रु कस्तो पहिचान रु’ भनेर प्रतिप्रश्न गरिरहे ।

उनले अल्पसंख्यक र आदिवासीजनजाति तथा मधेशीको चित्त दुखाएको बात निरन्तर लागिरह्यो । आप्रवासीका लागि ट्रम्पजस्तै ओली मधेशीको सन्दर्भमा तीखो र तीतो सुनिए, ‘सम्म जमिन जति सबै मधेश भए पहाडको मेरो आँगन पनि मधेश ।’

ट्रम्पले देशलाई विभाजित गरेको र आप्रवासीको चित्त दुखाएको आरोप पनि लाग्यो । यता ओलीलाई अल्पसंख्यकको अपमान गरेको र आन्तरिक एकतालाई खलल पुर्याएको संगिन आरोप लाग्दै आएको छ ।

ट्रम्पले खुलारुपमा आफ्ना समर्थकलाई उग्र बन्न आग्रह गरे । मञ्चबाटै ‘ठोक्नोस्, केही परे म छु’ भन्नेजस्ता अभिव्यक्ति दिए । यता ओलीका आसपासमा निरन्तर गुण्डाप्रवृत्तिका व्यक्ति छाइरहे । दुनियाँले ओलीको आलोचना गरिरहेपनि ओली बोलिरहे, ‘अघि बढ्नोस्, केही परे म छु ।’

ओली र ट्रम्पको राजनीतिक वर्चश्व उस्तै शैलीमा स्थापित भएको छ । ओली र ट्रम्पले देशको ठूलो तप्कालाई तरंगित पार्ने गरी राष्ट्रियताको मुद्धालाई अघि सारे । ट्रम्पले खाशरुपमा सेतो अर्थात श्वेत राष्ट्रवादलाई केन्द्रमा राखेर नीति बनाएको बताइन्छ ।

ओलीले खस आर्यलाई केन्द्रमा राखेको भनि टिप्पणी भइरहन्छ । धेरैका नजरमा ट्रम्प अमेरिकाको परमाधिपति हुन लायक थिएनन् । तर, जनताले सोको अख्तियारी सुम्पिए । यता ओलीलाई विपक्षीले मानसिकरुपमा अस्वस्थ घोषणा गरेको विगत छ । टिप्पणी जेसुकै हुन् ओलीको लोकप्रियता लोभलाग्दो छ ।

ओली आफ्ना विरोध गर्ने विद्धान र संचारमाध्यमको खोइरो खन्न र भित्तामा पुर्याउने गरी टिप्पणी गर्न माहिर छन् । प्रधानमन्त्री हुँदा उनले कथित बुद्धिजिवीभन्दै आफ्नो आलोचनामा आउने टिप्पणीको तेजोवद गरिरहे ।

यता ट्रम्पपनि सोही शैलीमा प्रस्तुत भए । विश्वकै विस्वसनिय मानिएको टेलिभिजन केवल न्युज नेटवर्क अथार्त सिएनएनलाई उनले क्लिन्टन न्युज नेटवर्कको संज्ञा दिए ।

ओली समन्वयकारी नेता होइनन् । पार्टीभित्र र बाहिरका विपक्षीलाई गलाउने र मनाउने उनको स्वभाव छ । उनी मिलाउनका लागि हात अघि सार्दैनन्, बरु जेसुकै गर भनेर पिठ्यु फर्काइदिन्छन् । ट्रम्पपनि त्यस्तै देखिन्छन् ।

उनी आफ्नो जिद्धि छाड्दैनन्, जेसुकै होस् बाल मतलब गर्दैनन् । संविधान निर्माणका बेला लिएको अडान र नाकावन्दीको सन्दर्भमा देखाएको दृढताले ओलीको आरोह गरायो ।

यता ओबामाको उदारबादी नीतिको विरोध गरेको तथा उग्ररुपमा स्वेत राष्ट्रवादको कुरा गरेकै भरमा ट्रम्पलाई सर्वोच्व पदमा पुर्याएको छ । जे होस, राजनीतिमा राष्ट्रवाद र उग्रता ग्राह्य छ, अमेरिका वा नेपाल नै किन नहोस् भन्ने फेरि पनि प्रष्ट भएको छ ।

Scoure : Nepalaaj