| २४ कार्तिक २०७३, बुधबार १५:२७
सुर्खेतको कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ४३९९ नम्बरको बस दुर्घटना हुँदा ति यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । ७ जनाको अवस्था समान्य रहेको छ । तर दैलेख कालभैरवका नर बहादुर पाण्डेको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ ।
घाइतेकाे माया नर्सिङ्ग हाेम सुर्खेतमा उपचार भैरहेकाे छ । ब्रेक फेल हुँदा बस कपासे नजिकैको मोडको भित्तामा ठोक्किएको जानकारी दिएको प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको बतायो ।