☰ open Loading... 7 September 2024|  

दैलेखमा ११ स्थानीय निकायको सिफारिस आयोगमा बुझाईयो
  | २४ कार्तिक २०७३, बुधबार १५:३०

केही नेताहरु भने, १० स्थानीय निकाय हुनुपर्ने माग गरेका छन्। 
११ स्थानीय निकाय नै सिफारिस भैसक्यो ः समिति

dailekh

गाँउपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र, संख्या र सिमा निर्धारण जिल्ला प्राविधिक समितिले दैलेखलाई ११ स्थानीय निकाय बनाउने निर्णयलाई स्थानीय विकास अधिकारी हरि प्याकुरेलले राज्य पुर्नसंरचना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएका हुन् ।

जिल्लामा समितिले राजनिति दल, नागरिक समाज, स्थानीयसंग सर्वपक्षिय भेला समेत गरेको थियो । प्राविधिक रुपमा सवैलाई पायकपर्ने गरि स्थानीय निकाय विभाजन गरेको समितिले जनाएको छ ।

सर्वदलिय सुझाव र प्राविधिक समितिले सवैलाई पाएक पर्ने गरि ११ स्थानीय निकाय निर्धारण गरेको समितिका संयोजक स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । ‘विवादरहित रुपमा जिल्लामा ११ वटा स्थानीय निकाय सिमा र मुकाम छनौट भयो ।’ संयोजक प्याकुरेलले भने, स्थानीय निकायको निर्णय र सिफारिस आयोगमा बुझाउने काम पनि भैसक्यो ।’

सवै दलको सहमती अनुसार नै स्थानीय निकाय निर्धारण भएको नेपाली काँग्रेसका सभापती कृष्ण विसीले बताए । ‘बैठकमा सवैको सहमतीकै आधारमा निर्धारण भयो । सभापती विसीले भने, विवादरहित रुपमा सवै दल एक ठाँउमा आएर निर्णय हुनु जिल्लाकै लागि गौरवको कुरा हो ।’

समितिबाट औपचारिक निर्णय ११ ईलाका बनाउनका लागि सवै दल सहमती भएको एमालेका अध्यक्ष रविन्दराज शर्माले भनाई छ । जिल्लामा १० स्थानीय निकाय गराउनुपर्ने भन्दै केही नेताहरुले सिमाकंन गरेका छन् । तर, सांसद कुन्तिकुमारी शाही, ललिता रेग्मी, लक्ष्मीप्रसाद पोखरेल सहित नेताहरुले ११ स्थानीय निकायमा सहमती जनाएका छन् ।

गाँउपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र, संख्या र सिमा निर्धारण जिल्ला प्राविधिक समितिले स्थानीय निकायबारे आधिकारिक रुपमा निर्णय भैसकेकोले दैलेखी जनताहरुलाई भ्रममा नपर्ने समेत आग्रह गरेको छ ।

जिल्लामा ४ नगरपालिका र ७ गाउँपालिका स्थानीय निकाय हुने निर्णय गरिएको हो । गाँउपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र, संख्या र सिमा निर्धारण जिल्ला प्राविधिक समितिले गरेको निर्णयमा दैलेखमा ११ स्थानीय निकाय हुने भएको हो ।

समितिले जिल्लाको भौगोलिक अध्यायन, सर्वपक्षिय सहमतीका आधारमा ११ स्थानीय बनाउने निर्णय गरि राज्यपुर्नसंरचना निर्धारण आयोगमा सिफारिस गरेको छ ।

‘सर्वपक्षिय रुपमा सहमती र भौगलिक रुपमा अध्यायन गरेर ११ स्थानीय निकाय बनाउने सहमती भयो ।’ समितिका संयोजक स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, ‘जसमा ४ नगरपालिका र ७ गाँउपालिका रहेका छन् ।’

त्यस्तै समितिले गरेको सिफारिस अनुसार निर्वाचन क्षेत्र नम्वर १ मा १ नगरपालिकासहित ५ गाँउ पालिका हुनेछन् भने क्षेत्र नम्वर २ मा ३ नगरपालिका सहित २ गाँउ पालिका हुनेछन् ।

समितिले गरेको निर्णयमा क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका तोकिएको छ । हालको नारायण नगरपालिकामा विन्ध्यावासिनी, भवानी र खरिगैरा गाविसका केही वडाहरु गाँभिएको छ ।

क्षेत्र नम्बर २ मा दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका र आठविस नगरपालिका गरि ३ नगरपालिका हुनेछन् । त्यस्तै २ गाँउ पालिकामा भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका बनाउने निर्णय भएको समितिले जनाएको छ । दुल्लु नगरपाकिामा मालिका, गौरी, कालभैरव र गमौडी गाविस गाँभिएको छ ।

जंनसंख्या अपुग भएर केही गाविसहरु नगरपालिकामा गाँभिएपनि दूल्लु र नारायण पुरानै नगरपालिका हुन् । स्थानीय निकाय निर्धारणका लागि गाँउपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र, संख्या र सिमा निर्धारण जिल्ला प्राविधिक समितिमा संयोजक स्थानीय विकास अधिकारी रहने गरि सदस्यहरुमा जिल्ला प्राविधक कार्यालय प्रमुख, जिल्ला नापी कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयको अधिकृत, जिल्ला मालपोत र जिविसका योजना तथा मुल्याकन अधिकृत सदस्य सचिव रहेको समितिले स्थानीय निकाय निर्धारण गरेको हो ।