☰ open Loading... 7 September 2024|  

काममा फर्किएनन् सरकारी कर्मचारी
  | २५ कार्तिक २०७३, बिहीबार ०८:१९

सल्यानको उत्तरी पश्चिमी क्षेत्रका सरकारी कार्यलयहरु दशैँ तिहार सकिए पनि सञ्चालन हुन सकेका छैनन् । एक महिना अघि दशैँ विदामा घर गएका कर्मचारी विदा सकिएको यतिका दिन वित्दापनि कार्यलय कर्मचारी काममा नआएको स्थानीयले गुनासो गरेका छन् ।

सेवा केन्द्र मुलखोलाको कृषि सेवा केन्द्र, पशु सेवा कार्यलय, स्वास्थ्य चौकि मुलखोला, बामे, घाँजरीपिपल र चाँदे लगायतका गाविसमा रहेका स्वास्थ्य कार्यलयका कर्मचारी अझै नफर्किदा सुवाग्राहीले सास्ती भोग्नु परेको छ ।

सामुदायिक विद्यालका शिक्षक समयमा विद्यालय नफर्किदा विद्यालयहरु समेत सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् । केहि सरकारी कार्यलयमा भने कार्यलय सहयोगी भरमा कार्यलय सञ्चालन भएको बताइएको छ ।

कृषि सेवा केन्द्र उक्त क्षेत्रमा रहेता पनि प्रत्यक्ष किसानले कुनै लाभ लिन नसकेको स्थानीय लोक वहादुर विष्टले जानकारी दिए । कर्माचारी नहुदाँ अस्पताल लगायत अन्य सरकारी कार्यलयहरुको सेवा ठप्प हुँदै आएको छ ।