☰ open Loading... 7 September 2024|  

जनताकाे गुनासो सुन्न अञ्चल प्रहरी कार्यालयले थाल्याे अभियान
  | २५ कार्तिक २०७३, बिहीबार १७:५४

प्रहरीसँग जनताको गुनासो बढ्दै गएपछि अञ्चल प्रहररी कार्यालय नेपालगंजले जनताको गुनासो सुन्ने अभियान तिब्र पारेको छ । अञ्चल प्रहरी कार्यालय नेपालगंजका एस.एस.पी धिरु बस्न्यातको नेतृत्वमा गुनासो सुन्ने अभियान तिब्र पारिएको हो ।

एस.एस पी बस्न्यातको टोलीले आज बर्दियाको जमुनी र मैनापोखर प्रहरी कार्यालयमा जनताको गुनासो सुनेको छ । जनता र प्रहरी बिच भएको अन्तरक्रिया कार्यक्रममा अंचल प्रहरी प्रमुख बस्न्यातले प्रहरीका कमी कम्जोरीका बारेमा जस्तो देख्नु भएको छ त्यस्तै ढुक्क भएर भन्न आग्रह गरेका छन् ।

कार्यक्रममा अंचल प्रहरी प्रमुखले समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्न घर देखि सबै क्षेत्रमा आबद्ध ब्यक्तित्वहरु लोभ लालचलाई त्यागेर सामाजिक हितमा लाग्नु पर्नेमा जोड दिए ।

समाजमा हुने कुनै पनि नकारात्मक गतिबिधीहरु लाई निरुत्साहित पार्न जनताले प्रहरीलाई साथ दिएमा प्रहरी र जनताको अभियान सफल हुने उहाँको धारण थियो ।

आन्तरक्रिया कार्यक्रममा स्थानियबासीले प्रहरीले नै चौकी देखी प्रहरीको उच्च तहसम्म लाईन मिलाएर तस्कर गर्ने गरेको भन्दै साना ब्यापारीलाई पक्रने र ठुला ब्यापारीलाई भने छोड्ने गरेको गुनासो गरेका थिए ।

अंचल प्रहरी प्रमुख बस्न्यातले आफ्ना मातहतका निकायहरुलाई अबैध रुपमा हुने गतिबिधीहरुलाई नियन्त्रण गर्न निर्देशन समेत दिए ।