☰ open Loading... 29 March 2024|  

काँक्रेविहार बैंकले बोनस शेयर वितरण गर्ने
  | २८ कार्तिक २०७३, आईतवार ०७:४९

काँक्रेविहार विकास बैंकले बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले आफ्ना शेयर होल्डरलाई १९ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको बताएको छ । बैंक सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि राष्ट्र बैंकमा पठाएको बैंकका प्रमुख प्रबन्धक जगतबहादुर थापाले जानकारी दिए ।

उनले यो बोनस शेयर गत आर्थिक वर्ष २०७२÷०७३ को कारोवार उपलब्धीबाट वितरण गर्न लागिएको बताए । उनका अनुसार बैंकले गत वर्ष करिव साढे ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

kankrebihar-bank
निजी क्षेत्रको काँक्रेविहार विकास बैंकले गत आवमा ४७ करोड ४७ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सोही आवमा ७९ करोड ८१ लाख १३ हजार रुपैयाँ समेत निक्षेप संकलन गरेको थियो ।

त्यस्तै चालु आवको पहिलो चौमासिकमा ८२ करोड चार लाख ३२ हजार निक्षेप संकलन भएको छ भने ५१ करोड ३७ लाख ६९ हजार रुपैयाँ लगानी गरिएको बैंकका प्रमुख प्रबन्धक थापाले जानकारी दिए ।

बैंकले उद्योग कर्जा, हायर परचेज, कृषि कर्जा, पर्यटन, वैदेशिक रोजगार र सेवाक्षेत्र, पर्सनल कर्जा, शैक्षिक कर्जा, विपन्न वर्ग कर्जा, पर्सनल ओडी र मुद्दती रसिद कर्जा प्रवाह गर्दै आएको छ । बैंकले निक्षेपकर्ताका फरक–फरक शीर्षकमा खाता खोल्ने व्यवस्था गरेको छ ।

गृहणी बचत, बाल बचत, पेवा बचत, विद्यार्थी बचत, जेष्ठ नागरिक बचत, संस्थागत कर्मचारी बचत खाता, कल खाता, मुद्दतीतर्फ एक, दुई र चार वर्षे खाता, तथा पाँच वर्ष माथिको खाता र अक्षय कोष खाता लगायत सञ्चालन गरिएको थापाले बताए । बैंकका जिल्लामा तीन वटा शाखा रहेका छन् ।