नेत्र विक्रम चन्द नेतृत्व नेकपा (माओवादी) ले गरेको नेपाल बन्द सकिएको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा नेकपा (माओवादी) गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्षले आईतबार गरिएको नेपाल बन्द सकिएको घोषणा गरेका छन् ।
चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने भन्दै चन्द नेतृत्व माओवादीले एक दिने नेपाल बन्दको आह्वान गरेको थियो ।
बन्द सकिएको घोषणा गरेपछि वीरेन्द्रनगरका बन्द पसलहरु खुल्न थालेका छन् भने सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
माओवादीले गरेको बन्दमा सामुदायिक विद्यालय भने सञ्चालनमा आएका थिए । तर बजार, स्कुल, कलकारखाना दिनभर पूर्ण रुपमा बन्द थिए । छिटपुट मोटरसाईकल चलेपनि अन्य सवारी ठप्प रहेको जिल्ला ट्राफिक कार्यालयको भनाई छ ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा अन्य अप्रिय घटना नभएको जनाएको छ ।