☰ open Loading... 25 January 2025|  

झुक्याएर हस्ताक्षर गर्दै संस्थाको रकम बेरुजु गरेको आरोप
  | १ मंसिर २०७३, बुधबार १३:५३

पश्चिम सुर्खेतको एक सहकारीले रकम बेरुजु गरेको आरोप लगाएपछि त्यही कार्यरत एक महिला मानसिक रुपमा पीडित बनेकी छन् । गुटु गाविस वडा नम्बर ४ माा रहेको नवलक्ष्मी साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष र प्रवन्धक निर्देशकले रकम बेरुजु गरेको बताएपछि त्यही संस्थामा कार्यरत नन्दा दर्लामी मानसिक रुपमै पीडित बनेकी हुन् ।

बजार प्रतिनीधिबाट संस्थामा काम थालेकी दर्लामीलाई ०६२ जेठ ६ गते ऋण सहायकमा संस्थाले नियुक्ती गरेको थियो । तर काम गर्ने क्रममा संस्थाको २०७०।०७१ को खातामा आन्तरिक परिक्षणले पाँच लाख ५० हजार रुपैयाँ बेरुजु आएको थियो ।

बेरुजु रकम आफ्ना कारण नआएको भन्दै नन्दाले संस्थालाई स्पष्टिकरण दिँदा पनि तिर्न लगाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । नन्दालाई संस्था सञ्चालक अध्यक्ष निर्मला राना र प्रवन्धक प्रताव सिंह बयकसहित समितिले मौखिम रुपमै पाँचलाख तिर्नु पर्ने बताएका थिए ।

bigyaptii

‘त्यही संस्थामा आफू काम गर्ने क्रममा कुनै पनि रकम अनियमितता गरेको छैन्’ नन्दाले भनिन्,–‘बेरुजु आएको रकम संस्थाका अध्यक्षले लिएकाले बेरुजु आएको भन्छु भन्दा त्यो नभन्नु भन्दै आफैलाई तिर्न कागजमा हस्ताक्षर गर्न लगाए ।’

‘पाँच लाख बेरुजु रकम घाटा पूर्ति कोषबाट मिलान गरौंला अहिले हस्ताक्षर गर भने मैले हस्ताक्षर गरेको हुँ’ नन्दाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘तर उनीहरुले मलाई नै खाएको भन्ने कागजमा हस्ताक्षर गराएछन् पछि मात्रै थाहा भयो ।’

नन्दाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संस्थाका अध्यक्ष रानाले २०७१ जेठमा पाँच लाख रुपैयाँ प्रवन्धक र आफूसंग अरुलाई नभन्नु भनेर रकम लिएकी थिइन् त्यसैले बेरुजु रकम आएको हो ।’

संस्थाले एकलौटी रुपमा आफूलाई थाहै नदिएर कृषि विकास वैंक नेपालगञ्जका खड्क श्रेष्ठलाई ल्याएर अध्यक्ष र प्रवन्धकले लेखापरिक्षण गरेको भनाई नन्दाको छ । श्रेष्ठले गरेको लेखापरिक्षणमा ११ लाख रुपैयाँ बेरुजु देखिएको थियो ।

bigyapti

रकम वेरुजु अएपछि थाहा नदिएर संस्थाले निलम्वन गरेको जानकारी दिएकी नन्दाले आफूलाई कुनै लिखित पत्र नदिएर एकलौटी हटाएर रकम अनियमितता गरेको भ्रम गाउँभरी फैलाएको उल्लेख गरिन् ।

तर आफूलाई सहभागी नै नगराएर अध्यक्ष राना, प्रवन्धक बयक र अन्य समितिका पदाधिकारीले अन्तिम लेखापरिक्षण गरेर मलाई झुक्याइ हस्ताक्षर गरेको भनाई नन्दाको छ ।

संस्थाका अध्यक्ष र प्रवन्धक मिलेर सहकारीको अनियमितता गरेको रकम समेत आफूलाई तिर्न लगाउँदा मानसिक रुपमै आफू कमजोर भएको नन्दाले जानकारी दिईन् ।

‘म घरको न घाटको भए । जहाँ जाँदा पनि न्याय पाएन्’ नन्दाले भनिन्,–‘संस्थाको भलो सोच्दा अध्यक्ष र प्रवन्धक मिलेर मानसिक रुपमा पीडा दिए ।’ नन्दाबाट हालसम्म संस्थाले ८ लाख मुल्य बराबरकाे घर, १६ बाख्रा र नगद ४१ हजार रकम पनि संस्था लगिसकेकाे छ ।

यता, नवलक्ष्मी साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक प्रताप सिंह वयकले आफूहरुले नन्दालाई कुनै पनि मानसिक पीडा नदिएको दावी गरे । उनले किर्ते गर्दै रकम लिएको खुलेपछि संस्थाले हटाएको र बेरुजु रकम तिर्न आग्रह गरिएको जानकारी दिए ।

33

‘उहाँले रकम बेरुजु भएको हो भन्ने कागज हस्ताक्षर गर्नुभएको छ’ प्रवन्धक बयकले भने,–‘नन्दा जीलाई उपस्थिती गराएर लेखापरिक्षण गरिएको हो । हामीले कुनै भ्रमित पारेका छ्रैनौं ।’

प्रवन्धक बयकले भने ९ लाख ६३ हजार रुपैयाँ मात्र बेरुजु आएको र त्यो रकम आफै तिर्ने कागज नन्दाले गरेको जानकारी दिए ।