☰ open Loading... 24 January 2025|  

माछापालनबाट वार्षिक दश लाख आम्दानी
  | २ मंसिर २०७३, बिहीबार १५:३३

 बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएका छन् ।  दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु एक लाख लगानी गरी दुईवटा पोखरीमा माछापालन गरेका थिए । हाल उनले रु ३६ लाख लगानी गरेर सात बिगाहा जग्गामा सातवटा पोखरी निर्माण गरेका छन् ।

fish
फायल तस्वीर

व्यवसाय विस्तार गरेसँगै आम्दानी बढ्दै गएको छ ।  “माछापालनमा वार्षिक रु २० लाख खर्च लाग्छ, खर्च कटाएर रु १० लाख आम्दानी हुने गरेको छ,” उनको भनाई छ । चौधरीले पोखरीमा सिल्भर, विगेट, कमन, रोहु, नैनी, भ्याकुर, ग्रासलगायत सात प्रजातिका माछापालन गरेका छन् ।

उत्पादित माछा कञ्चनपुर र कैलालीसँगै भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीले पोखरीबाटै खरिद गरेर लैजाने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छैन,” उहाँले भन्नुभयो । उहाँले माछाका भुरा उत्पादनका लागि ह्याचरी स्थापना गर्ने सोच बनाएको बताए । पोखरी रेखदेख गरेबापत स्थानीय चार जनाले रोजगारी पाएका छन् । उनले माछापालनमा यस वर्षको राष्ट्रपति कृषि पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । रासस