☰ open Loading... 20 April 2024|  

छाउगोठमै डम्बराको कसरी भयो मृत्यु ?
  | ५ मंसिर २०७३, आईतवार ११:०६

अछामको तिमिल्सेन गाविस–७ की एक किशोरीको छाउ गोठमै मृत्यु भएको छ । महिनावारी भएर छाउगोठमा बसेकी २१ वर्षकी डम्बरा उपाध्यायको शनिबार विहान मृत्यु भएको स्थानीयलय बताएका छन् ।

महिनावारी भएको चौथो दिनको रात उनी एक्लै छाउ गोठमा सुतेकी थिइन् । शुक्रबार दिनघर घाँस काट्ने तथा गाइबस्तुको गोबर मल बोक्ने काम गरेकी उनी त्यही दिन रात्री ८ बजे खाना खाएर छाउँ गोठमा सुत्न गएको स्थानीयले बताए ।

शनिबार बिहान अबेरसम्म डम्बरा नउठेपछि परिवारले बोलाउन पठाउँदा ढोका खुलेन । पछि परिवारका अन्य सदस्य गएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए ।

गोठमा उपाध्यायलाई मृत भेटाए पछि परिवारले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रवक्ता बद्रीप्रसाद ढकालको नेतृत्वमा प्रहरी घटना स्थाल पुगेको थियो ।

घोप्टो परेर सुतेको अवस्थामा फेला परेकी डम्बराको मुखबाट रगत बगेको प्रवक्ता ढकालले बताउनु भयो । प्रहरीको रिर्पाेट अनुसार घटना कुनै संकास्पद नभई हटहट्याक भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सवलाई पोष्ट मार्टमका लागी जिल्ला स्वास्थ्य कार्यालय अछाममा शनिबार नै ल्याएको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।

पोष्टमार्टम पछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रवक्ता ढकालको भनाई छ । डम्बराका जेठाजु तीर्थराज उपाध्ययका अनुसार शुक्रबार साँझसम्म कुनै बिमारी नभएको । परिवारले खाना दिएपछि खाएर सुतेको बताए ।

अछामको लुङग्रा गाविसमा माईती भर भएकी डम्बराको पोष्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएका छन् । डम्बराका श्रीमान यज्ञराज उपाध्याय रोजगारीको शीलशीलामा केही दिन अघि मात्रै भारत गएका थिए ।

अछाममा महिनावारी भएको चार दिनसम्म छाउगोठमा सुनाउने परम्परा छ । पाँचौ दिन मात्र महिनावरी भएकी महिलालाई छाउगोठबाट घर फर्काइन्छ । चार वर्षअघि पनि अछामको रेडिकोट–४ का एक किशोरीको महिनावरी भएको बेला छाउगोठमा सुतेको बेला मृत्यु भएको थियो ।

अछाममा छाउपडी गोठ हटाउने अभियान अन्तर्गत अहिलेसम्म ३१ गाविसलाई छाउगोठ मुक्त घोषणा गरिएको छ । ७५ गाविस भएको अछामका अन्य गाविसहरुमा पनि यो अभियान जारी जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएकोे छ ।