☰ open Loading... 24 October 2024|  

बालबालिकाको दैनिकी स्कुलमा भन्दा काजमा वित्छ
  | ७ मंसिर २०७३, मंगलवार ०७:५४

जिल्लाका दुर्गम गाउँमा डोको, नाम्लो वालवालिकाहरुको खेलौना नभएर जीवनको भोगाई भएको छ । सामाजिक प्रचलनले वालश्रमलाई चिन्न नसक्ने भएपछि डोको, नाम्लोनै वालवालिकाको खेलौना भएर जीवनको भोगाई भएको हो ।

kamma-jadai
फायल तस्वीर

लगाम–८ की कक्षा ६ मा अध्ययनरत सुनिता रोकाय दैनिक विद्यालय विदा हुने वित्तिकै घरमा किताव कापी थन्क्याएर डोको बोक्दै स्याउँला लिन जंगलतिर होमिन्छिन् । विहान उठ्ने वित्तिकै जंगलवाट घाँस वा दाउराको भारी घरमा ल्याएर मात्र उनी विद्यालय जाने गरेकी छन् । ११ वर्षकी सुनिता विद्यालयमा गएर कक्षा कोठामा शिक्षकले पढाएका कुरा वुझ्न, शिक्षकले दिएको होमवर्क गर्न र विहान वेलुका घरको काम गर्नु भ्याई नभ्याई भइरहेको छ ।  खिमा जस्तै निर्मला रोकायको अवस्था पनि उस्तै छ । खिमाले गरे जस्तै सुनिता पनि जम्मै काम गर्ने गर्छिन ।

सुनिता कक्षा ३ मा अध्ययनरत ८ वर्षिय वालिका हुन् । गाउँको सामाजिक संस्कार नै वनेपछि त्यो गाउँका सवै वालवालिकाहरुले विद्यालय जानु पढ्नु लेख्नु जतिकै घरमा आएर घाँस दाउरा र स्याउलाको भारी वोक्नु सवैको दिनचर्या वनेको छ । वालवालिकाहरुले भने आफुहरु रहरले नभई पारिवारीका समस्याका कारण मेलापात गर्ने गरेको बताएका छन् । ‘पढ्न मन त छ, तर घरको काम पनि गर्नुपर्छ’ ८ वर्षिया बालिका सुनिताले भनिन्,–‘पढाईमा मात्र ध्यान दिएमा अभिभावकहरु रिसाउनु हुन्छ, त्यसैले पनि मेलापात गर्नैपर्छ ।’

विद्यालयवाट घर पुग्दाको भोको पेटमा अगेनामा राखिएको बासी रोटी हातमा च्यापेर विद्यालयकै पोशाकमा डोको र नाम्लोसंग गाउँका वालवालिकाहरुले पौठेजोरी खेल्दै जंगलतिर धाउनु अनौठो र नौलो विषय नभएको लगाम गाविसका बाल अधिकार कर्मिहरुको भनाई छ । कतिपय खाली खुट्टामै जंगल पुगेका वालवालिकाहरु धारिलो हतियार चलाएर दाउरा, घाँस काट्नमै रमाउने गर्छन बाल अधिकार कर्मी बताउँछन् ।

चेतनाको अभावले गाउँ घरमा भईरहेका यस्ता वालश्रम अन्त्य गर्न अभिभावकलाई सचेतना जागृत गर्नु पर्ने महिला तथा बालबालिका कार्यालय सुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले बताए । आचार्यले गाउँका नागरिकहरुलाई सचेत गराउन वाल अधिकारकर्मी र सम्वन्धित निकायमा काम गर्ने व्यक्तिनै वढी जिम्मेवार हुनु पर्ने पनि उल्लेख गरे ।

बालवालिकाहरुलाई वालश्रमवाट वन्चित गर्न सवै क्षेत्रमा व्यापक सुधार ल्याउन पर्ने आचार्य बताउँछन् । उनले बालबालिकाहरुलाई पढ्ने वातावरण सिर्जना गर्न अभिभावकहरुको भूमिका बढी हुनु पर्ने बताए । ‘संविधान र कानुनले व्यवस्था गरेको वालवालिकाको मौलिक हकलाई गाउँमा त कसैले वुझेनन् तर वालवालिकाकै मनोविज्ञानमा के हो, त्यो पनि कसैलाई थाह छैन आचार्यले भने–‘गाउँका वालवालिकाहरुले पनि श्रम गर्नु पर्छ भन्ने धारणा बनिसकेकाले यसबारे सवैले गम्भिर हुन आवश्यक छ ।’

वालवालिकाहरुमा हुने घरेलु हिंसा, विद्यालयमा हुनु पर्ने वालमैत्री शिक्षा, वालमैत्री स्वास्थ्य जस्ता विषयहरु समाजमा स्थापित गर्नका सरोकारवालाहरु निकै जिम्मेवार वन्नु पर्ने अधिकृत आचार्यको भनाई छ । संविधानमा सबै बालबालिकाहरुले पढ्न पाउन अधिकार सुनिश्चित गरेको छ उनले भने, घरयासी समस्या गरिबीका कारणले गर्दा केही पढ्न लेख्न र पाउन बाट बञ्चित भएको उनले बताए ।

–सिद्धदर्शन दैनिक