☰ open Loading... 3 May 2024|  

एमालेलाई उपेक्षा गरे ठुलो घात हुन्छ : काेइराला
  | ७ मंसिर २०७३, मंगलवार १६:५७

नेपाली काँग्रेसका केन्दिय सदस्य एवं सांसद डक्टर शेखर कोईरालाले संबिधान निमार्ण गर्दा मधेसीलाई उपेक्षा गर्दा यो मुलक संकटमा फस्न पुगेको बताएका छन ।

नेपाल प्रेस युनियन दाङ शाखाले आज मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले,अब संविधान कार्यान्वयनका लागी एमालेलाई उपेक्षा गरे ठुलो घात हुने बताए ।

shekhar-koirala

उनले मधेसी माेर्चाका जायज मागलाई सम्बोधन गर्नुपर्ने पनि बताएका उनले त्यसपछि संबिधान कार्यान्वयनमा एमालेलाई साथमा लिनु पर्ने भनाइ राखे ।

आम नागरिकले आफुलाई सोध्ने गरेको हिन्दु धर्मको बिषयमा सनातन धर्मको संरक्षण र गौ-हत्यामा पूर्ण रुपमा रोक लगाउनुपर्ने काेइरालाकाे तकर्ब छ । कार्यक्रममा संवोधन गर्दै कोईरालाले अंगिकृत नागरिकता प्राप्त व्यक्तिले राज्यका संवेदनशिल पद धारण गर्न नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

राजनीतिक संक्रमणको पूर्बराजा ज्ञानेन्द्रले फाईदा लिने दाउमा रहेका भन्दै धर्मका नाउमा हुने राजनीतिक संक्रमणमा फाईदा लिन पूर्ब राजा ज्ञानेन्द्र उद्धत रहेकाे जिकीर गरे । बिभिन्न पार्टीका केही नेताहरुको अर्कमण्यताका कारण अहिलेको अस्तब्यस्तलाई हेर्दै, पूर्बराजा ज्ञानेन्द्र मुस्कुराई रहेको हुने सक्ने बताए ।