☰ open Loading... 14 March 2025|  

एक घण्टामा १९ घर लुटेर चाेर फरार
  | १० मंसिर २०७३, शुक्रबार १८:४६

हुम्ला सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मैला गाविस–८ का १९ घर लुटिएका छन् । छिमिकी जिल्ला बाजुराको सिमाना जोडिएको सो गाविसको जिमना गाँउका १९ घर गएरात्ी ३ बजे अज्ञात समुहले चोरी गरेर भागेको स्थानीयले बताएका छन् ।

गाउँलेहरु घटमाना पातचौर गाईगोठ गएको मौका छोपेर लुटपाट भएको स्थानीयको भनाई छ । जिमना गाँउबाट १७ लाख ८७ हजार ५ सय बराबरको सामान चारी भएको बताइएको छ । जिमना गाउका प्रबल रिठालको घरबाट मात्रै १ सय ६५ तोला चाँदी, ५ लाख ९७ हजार नगद, २ तोला सुन १२ वटा कासको थाल चोरी भएको छ ।

चोरी भएको जिमनाका भिमे रिठाल, पुसे रिठाल, नरे रिठाल, विरसिंङे रिठाल, मोहन सिंह रिठाल, चन्द्रविर रिठाल, धनविरे रिठाल, दल रिठाल, नन्द बहादुर रिठाल, करे रिठाल अजिलाल रिठाल, मनविरे रिठाल, जगलाल रिठालको घरमा लुटपाट भएको स्थानीय प्रशान्त धमलाले जानकारी दिएका छन् ।