☰ open Loading... 23 December 2024|  

बाँकेमा हैजा विरुद्धको खोप अभियान सञ्चालन हुने
  | १२ मंसिर २०७३, आईतवार १७:४४

विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाईको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो।

बाँकेका सोनपुर, उढरापुर र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ५ मा खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

करिब २७ हजारलाई खोप दिइने जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिए । गर्भवति महिला, एक बर्ष मूनिका बच्चा र सिकिस्त विरामीबाहेक सबैलाई हैजा विरुद्धको खोप दिइने खड्काले बताए । घरघरमै पुगेर दुई चरणमा दुई मात्रा खोप दिइनेछ।

पहिलो चरणमा यही मंसिर १४ देखि १८ सम्म र दोस्रो मात्रा पुष २ गतेदेखि ६ गतेसम्म दिने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।त्यसका लागि सोनपुरमा १८, उढरापुर र नेपालगञ्ज वडा नम्बर ५ मा ३–३ जना महिला स्वास्थ्य स्वयम्सेविकाको जम्मा ४२ टोली परिचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।