☰ open Loading... 24 October 2024|  

अनेमसंघद्धारा प्रशिक्षण कार्यक्रम गर्ने
  | १२ मंसिर २०७३, आईतवार १७:५८

अखिल नेपाल महिला संघ बाँकेद्धारा नेपालगन्जमा ३दिने आवासिय प्रशिक्षण गरिने भएको छ । अखिल नेपाल महिला संघका अध्यक्ष विम्मिरानी पन्थीको अध्यक्षतामा आइतबार बसेको बैठकले अनेमसंघ केन्द्रको आयोजना र जिल्लाको व्यवस्थापनमा यहि मंशीर १५,१६ र १७ गते बाँके बर्दिया रुकुमका गरी ५०जनाको सहभागीता गराइ प्रहिक्षण को आयोजना गरेको अनेमसंघ केन्द्रिय प्रचार विभागका सदस्य अछरी पोखरेलले जानकारी दिइन् ।

बैठकमा अनेमसंघका केन्द्रिय सदस्य शान्ति ढकालले केन्द्रिय सर्कुलर पढेर सुनाउनु भयो । तालिममा अनेमसंघ जिल्लाका पदाधिकारी,नगर,क्षेत्रका अध्यक्षहरु,केन्द्रिय विभागका सदस्यहरु, सल्लाहकारहरु, युवा समितिका व्यक्तिले मात्र सहभागीता जनाउन पाउने सर्कुलरमा उल्लेख छ ।

साथै वैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियानमा संविधान कार्यान्वयनमा दबाब दिनको निम्ति हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।