☰ open Loading... 23 December 2024|  

न्यूनचापीय प्रभावले नेपालमा चिसाे बढ्याे
  | १३ मंसिर २०७३, सोमबार १३:३२

न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ । सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mausamm
पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ । मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ । पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ ।

‘पोष्ट’ मौसम सिजनको अन्त्य र चाँडो मौसम ‘विन्टर’ सिजनको सुरुवाती चरण भएकाले पनि चिसो बढेको उनले उल्लेख गरे । नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ ।

मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामा समेत बदली भएको छ । यो प्रणाली अझै एक÷दुई दिन जारी रहने बताइएको छ  । महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ ।