☰ open Loading... 18 October 2024|  

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने तयारी
  | १३ मंसिर २०७३, सोमबार १५:३९

सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारीे गरेको छ ।

satya-niruparn-aayog-1

आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एक÷एकवटा मुकाम खडा गरी काम सुरु गर्ने तयारी गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिए ।

आयोगले सात प्रदेशमा मुकाम खडा गरेर काम गर्नका लागि आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिसकेको र बजेट आउनेबित्तिकै सातै प्रदेशको अनुसन्धानको काम अघि बढाउने आयोगका सदस्य झाले बताए ।

सात प्रदेशमा एक–एकवटा खडा गरिएको मुकाममा अनुसन्धानका लागि सहन्यायाधीवक्ताको संयोजकत्वमा आयोगले तीन सदस्यीय गठन गर्ने निर्णयसमेत गरिसकेको छ ।

सहन्यायाधिवक्ताको संयोजकत्वमा आयोगले सूचीकृत गरेको एक विज्ञ, स्थानीय निकायको एक विज्ञ गरी तीनजनाबाट अनुसन्धान सुरु गर्ने आयोगले निर्णय गरिसकेको आयोगका सदस्य झाले जानकारी दिए ।

आयोगमा हालसम्म ५७ हजार ७५३ उजुरी परेका छन् । आयोगले घटनाको वर्गीकरण गरिसकेको छ । त्यसमा जघन्य अपराध र अन्य खालका अपराधलाई समेत छुट्याएको छ ।

द्वन्द्वकालीन मुद्दाको न्यायिक निरुपण गर्न गठन गरिएको आयोगको दुई वर्षका समय सकिनै लाग्दा पनि ऐन संशोधन नहुँदा आयोगले काम गर्न असहज भएको सदस्य झाको भनाइ छ ।