☰ open Loading... 30 May 2024|  

डिन, निर्देशक र सहायक परीक्षा प्रमुखले गरे पदभार ग्रहण
  | १३ मंसिर २०७३, सोमबार १८:२५

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रिक्त रहेको विभिन्न पदमा पाँच जनालाई नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले डिनमा सह–प्राध्यापक ई. ललित विक्रम राणा, अनुसन्धान केन्द्रको निर्देशकमा सह–प्राध्यापक डा. दिप बहादुर रावल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको निर्देशकमा सह– प्राध्यापक गणेश बहादुर कार्कीलाई नियुक्त गरेको छ ।

विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डीनमा नियुक्त भएका ई. ललित बिक्रम राणा पदभार ग्रहण गर्दै ।
विश्वविद्यालयकाे इन्जिनियरिङ सङ्कायका डीनमा नियुक्त भएका ई. ललित बिक्रम राणा पदभार ग्रहण गर्दै ।

यस्तै बैठकले पाठ्यक्रम विकास केन्द्रको निर्देशकमा उपप्राध्यापक लिलाधर तिवारी र सहायक परिक्षा व्यवस्थापन प्रमुखमा उपप्राध्यापक खेमराज रावत नियुक्त भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

नियुक्त भएका पाँच जनालाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले छुट्टाछुट्टै पदभार ग्रहण तथा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । छुट्टा छुट्टै पदभर ग्रहण गराएका उपकुलपति कोइरालाले विश्वविद्यालयको शैक्षिक विकासमा कटिवद्ध हुन निर्देशन दिएको भनाई उद्धृत गर्दै सूचना अधिकारी खड्काले बताए ।

विश्वविद्यालयका सम्पूर्ण काम कारवाहीहरू चुस्त र दुरुस्त रुपमा संचालन गर्न ऊर्जा प्राप्त हुनेमा आशावादी भएको धारणा उपकुलपति कोइरालाको छ ।

रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई पूर्ण रुपमा संचालन गर्न डीन लगायतका पदाधिकारीहरूको नियुक्तिले अझ सहज हुने विश्वास व्यक्त गरेका छन् ।