☰ open Loading... 1 May 2024|  

क्षेत्रीय प्रतियोगितामा छान छ्वानतर्फ १२ खेलाडी छनौट
  | १५ मंसिर २०७३, बुधबार १३:३४

मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगिताको छान छ्वान विधामा १२ खेलाडी छनौट भएका छन् । मंगलवारदेखि सुर्खेतमा भएको खेलको दोस्रो दिन ति खेलाडीहरु छनौट भएका हुन् ।

छान छ्वानमा मध्यपश्चिमका रोहित नेपाली (बर्दिया) प्रथम, रिदेश कार्की (दैलेख) दोस्रो भएका छन् । यस्तै महिलातर्फ दैलेखका आशिसा बुढाक्षेत्री प्रथम र बर्दियाका प्रसंशा पाण्डे दोस्रो भएको प्रतियोगिताका सुर्खेत संयोजक अर्जुन जंग शाहीले जानकारी दिए ।

यस्तै, सोही खेलमा सुदूरपश्चिमका अलिसा वली (कैलाली) प्रथम, रविना चौधरी, (कञ्चनपुर) र ममता शाही (बझाङ) तेस्रो भएकी छन् । पुरुषतर्फ कैलालीका रविन चौधरी प्रथम, कञ्चनपुरका पावल कार्की दोस्रो र बझाङका लेखराज ओझा तेस्रो भएका छन् ।

पुष ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गर्न मध्य र सुदूरपश्चिमका जिल्लाका खेलाडीहरु क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन ।