☰ open Loading... 26 April 2024|  

क्यान्सरले थलिएका नरबहादुरको अप्रेशन सफल
  | १६ मंसिर २०७३, बिहीबार १७:०३

सुर्खेतका बाढी विस्थापित नरबहादुर रोकाको अप्रेसन सफल भएको छ । ५१ वर्षीय क्यान्सर पीडित रोकाको काठमाडौंमा रहेको वीर अस्पतालमा बुधबार अप्रेशन भएको हो ।

nara-bdr-roka-1

क्यान्सर पीडित रोकाको उपचार खर्च पूर्व गृहमन्त्री खड्काले व्यहोर्ने

अस्पतालका डाक्टर किरण श्रेष्ठको नेतृत्वले रोकाको सफल अप्रेशन गरेको थियो । आर्थिक अभावले त्रिपालमा थलिएका नरबहादुरलाई पूर्व गृहमन्त्री समेत रहेका सुर्खेत क्षेत्र नम्बर एकका सासंद् पूर्णबहादुर खड्काको पहलमा थप उपचारको लागि गत शुक्रबार काठमाडौं लगिएको थियो ।

उपचार अभावले त्रिपालमै थलिए नरबहादुर

अप्रेशनमा लाग्ने सवै खर्च सासंद खड्काले नै व्यहोरेका छन् । श्रीमानको अप्रेशन सफल भएपछि नरबहादुरकी श्रीमति सीता रोकाले खड्काले देखाएको गुन कहिल्यै नविसर्ने बनाइन ।

‘त्रिपालमा मेरो बेहाल थियो । उहाँकै पहलमा काठमाडौं ल्याएर सफल अप्रेशन भएको छ’ सीताले भावुक हुँदै भनिन्,–‘उहाँ (पूर्णबहादुर खड्का) लाई कुन शव्दले धन्यवाद दिऊ कुनै बाक्य नै छैन् । उहाँ हाम्रा लागि भगवान हो ।’

राेका अप्रेशन सफल भएकाे र उहाँकाे अवस्था सामान्य रहेकाे पूर्व गृहमन्त्री खड्का सहयाेगी रामबहादुर डाँगीले पश्चिमनेपाल डटकमलाइ जानकारी दिए ।

बाँया खुट्टा क्यान्सर भएपछि काटेर थलिएका रोकाको दायाँ खुट्टा पनि काट्नु पर्ने सल्लाह मध्यपश्चिम क्षेत्रीय अस्पतालले दिएको थियो ।