☰ open Loading... 24 October 2024|  

शिक्षा प्रविधि वर्कसप
  | १७ मंसिर २०७३, शुक्रबार १२:१८

सुर्खेतमा पहिलो पटक शिक्षा प्रविधि नेपालको वर्कशप कार्यक्रम भएकाे छ । एकदिने वर्डप्रेश सम्बन्धि वर्कशप आइ सी टि(ICT) अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च शिक्षा प्रविधि नेपालको आयोजनामा सुर्खेत क्याम्पस (शिक्षा) मा सम्पन्न भएकाे हाे ।

workhshop

कार्यक्रममा सुर्खेत क्याम्पस शिक्षामा आइ.सि.टी अध्ययनरत ४८ जना बिद्यार्थीहरुकाे सहभागीता थियाे । सुरेश खड्काले प्रशिक्षण दिएकाे कार्यक्रममा आ.सी.टी अध्ययनरत विद्यार्थीलाइ पढाइमा झनै उत्तप्रेरित गरेकाे शिक्षा प्रविधि नेपालका महासचिव उपेन्द्र मल्लले बताए ।

प्रशिक्षक खड्काले वार्डप्रेश भनेको केहो र यसबाट कसरी सजिलै वेबसाइट बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहि प्रशिक्षण दिएका थिए । पहिला पटक निःशुल्नीक रुपमा यस्तो उपयोगमुखी प्रशिक्षणमा सहभागी हुन पाउदा खुसी भएको बताएका विद्यार्थी मनोज लम्सालले अागामी दिनहरुमा पनि यस्तै कार्यक्रम भएमा अध्ययन र सिपमा निखारता ल्याउन सकिने तर्क राखे ।

आगामी दिनहरुमा पनि सुर्खेत लगायत अन्य ठाउमा यस्तै खालका सिपमुलक वर्कशप गर्दै जाने शिक्षा प्रविधिका अध्यक्ष सुरेन्द्र बटालाले जानकारी दिए । कार्यक्रमको प्रायोजन वर्डलिंक फाइबर सुर्खेत शाखाले गरेको थियो ।