☰ open Loading... 26 April 2024|  

राष्ट्रिय पर्यटन व्यवसायीको अध्यक्षमा : शाही
  | १८ मंसिर २०७३, शनिबार ०९:३९

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन ६ नं प्रदेशको अध्यक्षमा लंकबहादुर शाही चयन भएका छन् । । शुक्रबार वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन ६ नं. प्रदेश स्तरीय बहुत भेलाले शाहीको अध्यक्षता २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा चिन्तामणि शर्मा, सचिवमा कविन्द्र केसी, सह–सचिवमा हरिहर कुवर र कोषाध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् ।

shahi

जसको सदस्यहरुमा गोपाल बम, रुपलाल बोहोरा, चित रावत, मनबहादुर रावत, टेकबहादुर शाही, भिउमान घर्ति, चन्दबहादुर रावत, भगवती उपाध्याय, पुष्पराज गिरी, राजेन्द्र रोकाय, भै बहादुर रोकाय, शान्ति प्रसाद शर्मा, गौरीकला चौलागाई, शिवराज शर्मा, भिमबहादुर थापा र डा. कविराज पोख्रेल रहेको छन् ।

प्रचार–प्रसारमा जोड दिन सुझाव

पर्यटन क्षेत्रको विकासमा लागि प्रचार–प्रसारमा बढी जोड दिनु पर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शुक्रबार वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले केन्द्रीय कार्यसमितिले राष्ट्रिय एकता, समृद्ध र स्वाभिमान– ६ नम्बर प्रदेशको पर्यटन प्रबद्र्धन हाम्रो अभियान भन्ने मुलनाराका साथ आयोजना गरिएको ६ नं प्रदेश स्तरीय बहृत भेला सहभागितहरुले यस्तो सुझाव दिएका हुन ।

भेलाको उदेघाटन सत्रमा सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नं. ६ का संयोजक एवम् केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावलीले पर्यटन क्षेत्रको स्थापित गर्नका लागि प्रचार–प्रचारमा बढी जोड दिनु पर्ने बताए ।

यो प्रदेश पर्यटनका दृष्टिकोणले अन्य प्रदेश भन्दा आगाडी रहेको संयोजक ज्ञावलीले बताए । ६ नं प्रदेश मानव सूचाङ्कमा पछि र गरिबी प्रदेशको रुपमा चिनिन्छ, सयोजक ज्ञावलीले थपे, सम्पादताको दृष्टिकोणले हेर्दा धनि प्रदेश रहेको उनले बताए । साथै यस प्रदलद्यु जलविद्युत र पर्यटन, खनिज जस्ता सम्भावना भरिपुर्ण प्रदेशको हो उनको भनाई छ ।

जलविद्युत र खनिजको संरक्षण गर्न सकेमा कर्णाली प्रदेश आर्थिक रुपमा सबै भन्दा सक्षम प्रदेश बन्ने दावी समेत गरे । यस प्रदेशको समन्नतिका लागि पुर्वाधार निर्माणमा बढी जोड्नु पर्ने उनको भनाई छ ।

यस्तै ६ नं. प्रदेश कमिटीका सह–संयोजक यामलाल कंडेलले पुर्वाधारमा जोड् दिएमा कर्णाली प्रदेश अन्य प्रदेशहरुलाई जित सक्ने बताए । साथै प्रदेश कमिटीले समेत प्रदेशको आर्थिक समृद्धि बारेमा बहस र छलफल जुटेको उनको भनाई छ ।

प्रदेश नं ६ का संयोजक धनेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्यत एवं बैकल्पिक पोलिटब्युरो सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सुर्य थापा, पार्टीको केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजाल लगायतको स्थिती थियो ।