☰ open Loading... 5 May 2024|  

किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ
  | १८ मंसिर २०७३, शनिबार ०९:३२

देशभरी नै १० गते देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको बेला शुक्रवार बर्दियाको गुलरिया नगरपालिकामा एक १९ बर्षिया किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन ।

बर्दियाको गुलरिया नगरपालिका बडा नं ७ मा शुक्रवार विहान ६ बजेको समयमा किशोरी माथि सामुहिक बलात्कार भएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

केहि दिन पछि हुने नेपाली सेनामा भर्ना हुनको लागी नियमित व्यायाम र रनिङका लागी किसोरी दैनिक मर्निङवाकमा जाने गर्दथिन । हरेक दिन जस्तो आफु बसेको डेराबाट मर्निङवाकका लागी निस्कीएकी किशोरी गुलरिया नगरपालिकाको तुलापुर देखि कोटही मन्दिर जाने बाटोको बिचमा पर्ने रहरको झाडिमा पुगे पछि आफु माथि ३ जनाले बलात्कार गरेको जानकारी पिडित किशोरीले बताइन ।

बाटो देखि १ सय मिटर भित्र रहरको झाडिमा लगेर ३ जना केटाले आफुलाई जवर जस्ती गर्न लागे पछि आफु बेस्सरी बचाउ बचाउ भनि चिच्चाएको तर कोही पनि बचाउन आएन उनले भनिन ।

बेस्सरी चिच्चाए पछि एक केटाले त अव यो केटी चिच्चाई भने चक्कु हानेर मारिदिनु पर्छ भने पछि आफुले हात जोड्दै बिन्ती गरेर नमार्नुस बरु म कराउदैन भनेर चुप बसे उनले थपिन ।

तिनै जनाले पालै पालो मलाई बलात्कार गरे म सहेर बस्न बाहेक केहि गर्न सकिन उनले मुख छोप्दै भनिन । विरोधका क्रममा उनको घाटिको बाया भागको कानको तल पट्टिमा औलाका नंङले चिथरिएको घाउका प्रस्ट चिन्हहरु थिए भने विरोध कै क्रममा दाहिने कुम, घुडा र कम्मरमा नराम्ररी निल डाम हुने गरेर चोट समेत लागेको थियो भने कपडाहरु धुलाम्मे भएको थियो ।

बलात्कार पछि राम्ररी हिड्न समेत नसक्ने अवस्थामा रहेकी थिइन किशोरी । किशोरीले बलात्कारीलाई कुनै बहानामा नछोड्न प्रहरी समक्ष बिन्ती समेत गरेकी थिइन ।

घटना लगत्तै प्रहरीले गुलरिया नगरपालिका बडा नं ७ का मनिष गुप्तालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको र अरु दुई जनाको खोजतलास जारी रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्वरपालले बताए ।