☰ open Loading... 26 April 2024|  

प्राधिकरणभित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटी : उर्जामन्त्री
  | १८ मंसिर २०७३, शनिबार १८:०६

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताएका छन् ।

parbhakar
काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रवार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।

उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने चेतावनी दिए ।

“बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो” मन्त्री शर्माले भने ,-‘प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफु कठोर भएर प्रस्तुत हुनेछु ।’

आफु उर्जामन्त्री हुँदा लोडसेडिङको ग्रहुँगो भारी बोकेर गएको तर अहिले थोरै हल्का महशुस भएको अनुभव सुनाउदै उनले देशभर लोडसेडिङ हटाउने योजना बनाइरहेको जानकारी दिए ।