☰ open Loading... 18 April 2024|  

हेरिरहुँ लाग्ने हुम्लाका १२ तस्वीर हेर्नुस्
  | १८ मंसिर २०७३, शनिबार १८:२४

अझै यातायात सेवा नपुगेको मध्यपश्चिमको कर्णाली अञ्चलमा पर्ने विकट हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन् ।

तस्वीर भरतबन्दु थापा ।

humla1
अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन। यहाँका मानिस आफैँ भारी बोकेर वा चौंरीलाई बोकाएर आफ्नो दैनिक उपभोग्य सामान सदरमुकामबाट गाउँसम्म पुर्याउने गर्छन् ।
humla2
कर्णाली अञ्चलका पाँच जिल्लामध्ये हुम्ला र डोल्पालाई मात्रै सडकले जोड्न सकेको छैन। मानसरोबर जाने यामबाहेक अरु बेला फाट्टफुट्ट मात्रै हुम्लामा उडान हुने गरेको छ।

 

humla3
हुम्लाको उत्तरी भेगमा पर्ने लिमि उपत्यका तिब्बती संस्कृतिका हिसाबले निकै प्रख्यात छ। सदरमुकामबाट ६ दिनको हिँडाइमा पुगिने लिमि उपत्यकामा हल्जी, जाङ र लाप्चा गरि तीनवटा गाउँ छन्।

 

humla4
हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र. लिमि उपत्यकाको जाङबाट हल्जी गाउँ हुँदै लाप्चा पुग्न सकिन्छ। वर्षमा निकै थोरै पर्यटक पुग्ने यो गाउँले पर्यटकीय सम्भावना प्रचुर मात्रामा बोके पनि सरकारले त्यो अनुसार प्राथमिकतामा राखेको देखिँदैन।

 

humla5
जाङ हुँदै पुगिने हल्जी गाउँमा रहेको हल्जी गुम्बा एक हजार वर्ष पुरानो मानिन्छ। गत वर्ष गएको भूकम्पले यो गुम्बामा केही क्षति पुर्याएको छ।

 

humla6
हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र. लिमि उपत्यकाको हल्जी गाउँबाट मानसरोबर जाँदा लाप्जा भन्ने ठाउँ पुग्नु अघि यस्ता सुख्खा घाँसे मैदान देखिन्छन्, जहाँ खासगरी भारी बोक्ने चौंरी चराइन्छन्।

 

humla7
चीनसँगको सिमानामा जोडिएको लाप्चाबाट मानसरोबर देख्न सकिन्छ। लिमि उपत्कायकाका बासिन्दाका लागि यही ठाउँबाट खाद्यान्न तथा दैनिक उपभोग्य समान ल्याउने गरिन्छ।

 

humla8
हुम्लाबाट तिब्बत जाने नाका मध्यको एक हो हिल्सा। हुम्लाको हिल्सालाई मध्य र सुदुरपश्चिमका बझाङ, बाजुरा लगायतका जिल्लासंग यो सडकले जोड्न लागेको छ।

 

humla9
हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र. लिमी उपत्यकाको पदायात्रा गर्दा जिल्लाकै सबैभन्दा अग्लो स्थान न्याला पास पार गरेर ओरालो लागेपछि यो नदी देखिन्छ।

 

humla10
हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र. लिमी उपत्यकाबाट सदरमुकाम सीमिकोट फर्कँदै गर्दा तातोपानी क्षेत्रमा थुप्रै यस्ता साना मानेहरु देख्न पाइन्छन्।

 

humla11
हुम्लाको सदरमुकाम सिमिकोटमा अहिले होटललगायत भवनको धमाधम निर्माण भइरहेको छ। केही महिलाहरु त्यसकै लागि यसरी गिट्टी कुटेर आर्थिक जोहो पनि गरिरहेका छन्।

 

humla12
हुम्लाको सदरमुकामबाट एक घण्टाको पैदल यात्रामा पुग्न सकिने बुराउसे गाउँमा पर्यटकलाई सजिलो होस् भनेर ‘होमस्टे’ सञ्चालन गरिएको छ। ९ वटा घरमा पाहुनालाई राख्ने गरिएको यो गाउँमा महिलाले यसैगरी स्थानीय नाच देखाएर पर्यटकको स्वागत गर्ने गर्छन्।

स्राेत विविसी नेपालीबाट