☰ open Loading... 25 April 2024|  

चन्दननाथको मूर्ति दराजमा भेटियो
  | १९ मंसिर २०७३, आईतवार ०७:२८

चन्दननाथ बाबाको मन्दिरभित्र राखिएको दराज खोल्दा प्राचीन दत्तात्रेय भगवानकाे दुईवटा मूर्तिसहित अन्य मूर्ति भेटिएका छन् । केन्द्रीय अनुस्धान ब्यूरोको टोली, प्रहरी प्रशासन, मालपोत, नागरिक समाज, धर्म संस्कृतिसम्बन्धी जानकार ज्येष्ठ नागरिकको रोहवरमा मन्दिरभित्रको दराज खोलेपछि मूर्ति भेटिएका हुन् ।

प्राचीन ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले जानकारी दिए । अभिलेखअनुसार २८ वटा मूर्ति चोरिएको भनिए पनि त्यसो नभई २१ मूर्ति चोरिएको र बाँकी सबै मूर्ति मन्दिरमै रहेको प्रजिअ पण्डितले बताए ।

प्रहरी टोलीले अनुसन्धानलाई तीव्र पारेको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए । उनले सुरुमा स्थापना गरिएको १६ इन्चको दत्तात्रेय भगवानकाे मुख्य मूर्ति भेटिएको बताए ।

उक्त मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।  जिल्ला प्रशासन कार्यालयले चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिलाई शुक्रबार निलम्बित गरिसकेको छ ।