☰ open Loading... 24 October 2024|  

अागाेमा जलेर बालिकाकाे मृत्यु
  | २० मंसिर २०७३, सोमबार १८:४२

घरमा लागेकाे अागाेमा परेर एक बालिकाकाे मृत्यु भएकाे छ । मुगुकाे पश्चिमी क्षेत्र खत्याढ स्थित खमाले गाविस वडा-९ चाकपाडे गाउँमा -भएकाे अागलागीमा डेढ बर्षीया दिलमाया बुढाकाे मृत्यु भएकाे हाे ।

साेमबार दिउसो अकस्स्मामात लागेकाे अागाेले स्थानीयका ४ घर जलेर सखाप भएका छन् । आगलागीबाट शिबराज बुढा, सौमति बुढा, रंगलाल बुढा र बिरी बुढाको घर जल्दा सवै सामग्री नस्ट भएका छन् ।

करिव ४३ घरधुरी रहेको चाकपाडे गाउँमा पुरुष र महिला खेतबारीमा काम गर्न गएको र घरमा रहेका बालबालिकाहरूले अागाे लगाएकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । उनले घटनास्थलतर्फ प्रहरी पठाएकाे पनि बाए ।