☰ open Loading... 26 July 2024|  

सबै दल एकजुट भई अघि बढ्नुपर्ने : डा कोइराला
  | २१ मंसिर २०७३, मंगलवार ११:३५

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्  ।

सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राखेका हुन् ।

कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए ।

सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए ।

सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक हुनुभएका कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने विचार राखे ।