☰ open Loading... 24 October 2024|  

सल्यानी अदुवाले बजार पाएन
  | २१ मंसिर २०७३, मंगलवार ११:३१

सल्यानमा अदुवा बिक्रि नहुँदा किसानहरु चिन्तित भएका छन् । नेपाली अदुवा निर्यात हुदै आएको देश भारतले आयतमा प्रतिबन्ध लगाए पछि अदुवा अन्यत्र विक्री हुने सम्भावना नरहँदा किसानहरु मारमा परेका हुन् ।

व्यापारीहरु अदुवा खरिद गर्न कोही नआएपछि बारीमै अदुवा कुहिन थालेको बागचौर नगरपालिका वडा न ३ का किसान प्रेम बहादुर भण्डारीले जानकारी दिए । उनले बारीमा अहिले ५० देखि ६० क्विन्टल जति अदुवा भएपनि बजारमा मूल्य नहुँदा विक्री गर्नमा कठिनाइ भएकाे बताए ।

salyani-adhuwa
नगदेबालीको रुपमा रहेको अदुवा बारीमै कुहिन थालेपछि आफ्नो परिश्रमका साथै लगानी नै डुवेको अर्का किसान रत्न बहादुर भण्डारीले बता उनले भने अदुवा बिक्री गरेर वर्ष दिनभरीको गर्जो टार्ने हामी जस्ता किसान त यतिखेर उठ्न नसक्नेगरी लगानी डुवेकाे गुनासाे गरे ।

छोराछोरी पढाउने देखि घरखर्च टार्नेसम्मको काम यहि अदुवा विक्री गरेर गर्ने गरेका थियौ तर अदुवा नै बिक्री नभएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता लागेकाे  कृषक बताउँछन् । हाल प्रतिकिलो २० रुपैयाँका दरले अदुवा बिक्री भईरहेको छ ।

अदुवा कुहिएर मल हुनुभन्दा दुई हजार रुपैया क्विन्टलका दरले फाटफुट विक्रि गरेको कुपिण्डेदह गाविस वडा नं. ४ का किसान राम बहादुर यरीले जानकारी दिए ।

सल्यानमा उत्पादन भएको सम्पूर्ण अदुवा भारतमा निकासी हुने गरेको भएपनि भारतले गोरखपुर, रुपैडिया नाका बन्द गरि दिएपछि आफुहरुले अदुवा संकलन गर्न नसकेको व्यापारी हरि न्यौपानेले बताए । जिल्लामा १ हजार ९ सय ९५ हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन हुदै आइरहेको छ ।